arrow

सिंगापुर एयरलाइन्समा बमको हल्ला : ६ घण्टापछि गराइयो आकस्मिक अवतरण

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
singaporeairlines1.jpg

सिंगापुर। मुम्बईबाट सिंगापुर जादै गरेको सिंगापुर एयरलाइन्सको एक विमानमा बमको हल्लापछि सुरक्षित अवतरण गराइएको छ । हल्लापछि यात्रीहरु बिच भागाभाग मचिएको थियो । सिंगापुर एयरलाइन्सको बोइङ ७७७- ३०० इआर विमानमा २६३ यात्री सवार थिए।

स्‍थानीय समयानुसार सोमबार राति ११.३५ बजे विमान उडेपछि एक अज्ञात काल आएको प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फोन गर्नेले विमानमा बम भएको दाबी गरेका थिए । विमान उडेको करिब ६ घण्टापछि सिंगापुरको चान्गी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको हो ।

पाइलटले तुरुन्तै बमको धम्मकीको अलर्ट जारी गरे । यसपछि रेसक्‍यू फ्लाइट ४२३ लाई सिंगापुरको वायु सेनाद्वारा चान्गी एयरपोर्टमा सुरक्षित रूपमा फिर्ता ल्याइयो । अनुसन्धान सदस्यले हवाई अड्डमा पुगेर विमानमा बमको खोजि गरे तर त्यसमा कुनै प्रकारको विस्‍फोट सामग्री भेटिएन । प्रहरी अज्ञात कालको छानविन गरिरहेको छ ।

विमानमा सवार सबै यात्रुहरुलाई सुरक्षित उतारिएको छ । सो क्रममा यात्रिहरुले कडाइको गरिएको थियो । विमानमा सवार एक महिला र बच्‍चालाई संदिग्‍ध ठानेर प्रहरीले सोधपुछ गरिरहेको छ । एयरलाइन्सका प्रवक्‍ताले सो कुराको पुष्टि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ