arrow

चुनाव प्रभावित पार्ने भन्दै मोदीको चलचित्र रोक्न माग

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
pm-modi.jpeg

काठमाडौं ।  तमिलनाडुको मुख्य प्रतिपक्षी दल  द्रविड मुनेत्र कडगम (डीएमके)का एक पदाधिकारीले केन्द्रीय चुनाव अधिकारिलाई पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित चलचित्र माथि रोक लगाउन माग गरेका छन् ।

विवेक ओबराय  स्टारर चलचित्र 'पीएम नरेन्द्र मोदी' अप्रिलको पहिलो हप्ता रिलीज हुदैछ ।  चलचित्रले लोकसभा चुनावमा मतदातालाई प्रभावित गर्न सक्ने पार्टीको बुझाइ छ ।

कोयम्बटूर स्थित पोलाचीको जिला स्तरीय अधिकारी पीएस अरासू भूपतिले सिनेमा प्रचार ठुलो बिष साबित हुने भन्दै २१ मार्चमा पत्रमा लेखेका थिए । चलचित्रको रिलीज कमतिमा १९ मेमा हुने अन्तिम चरणको मतदानसम्म रोक्न मुख्य चुनाव आयुक्तसाथै स्थानीय चुनाव अधिकारिलाई उनले माग गरेका छन् ।

भाजपाको तर्फबाट भने यसको कुनै प्रतिक्रिया आएको छैन । तमिलनाडुमा बीजेपीको कुनै पकड रहेको छैन तर अफ्नो पकड बढाउन राज्यको सत्ताधारी एआईएडीएमकेसँग बीजेपीले गठबन्धन बनाएको छ ।

बीजेपी त्यहाको ३९ लोकसभा सीटो मध्ये ५ सिटमा चुनाव लड्नेछ । साथै अन्य सिटमा एआईएडीएमके र उनको सहयोगी पार्टी उठ्नेछन् । त्यस्तै कांग्रेसले डीएमकेसँग गठबन्धन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ