arrow

रणवीरको दुई फिल्मसँग जुध्दैछ सलमानको फिल्म

logo
प्रकाशित २०७५ चैत १२ मंगलबार
salman-ranbir.jpeg

काठमाडौं । सलमान खानले रणवीर कपूरको लगातार दुई फिल्मलाई चुनौती दिने निर्णय गरेका छन् । सलमान खान छिटै नै आफ्नो आगामी फिल्म ‘दबंग ३’को सुटिङ गर्ने तयारीमा छन् ।

 यो फिल्म उनको जन्मदिन २७ डिसेम्बरमा आसपासमा प्रदर्शनमा आउनसक्ने बताइएको छ । क्रिसमसको आसपासमा नै रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ पनि प्रदर्शनमा आउने भएको छ । यो फिल्ममा उनीसँगै आलिया भट्ट र अमिताभ बच्चनका लागि अन्य केही कलाकारले पनि अभिनय गर्नेछन् ।

अहिले सलमान खान रणवीर कपूरको फिल्मसँग आफ्नो फिल्म नजुधाउने पक्षमा भने छैनन् । आगामी वर्ष पनि उनी रणवीर कपूरको फिल्मसँग जुधाउने योजनामा छन् ।

आगामी वर्षको ईदको अवसरमा उनको ‘इंशाअल्लाह’ प्रदर्शनमा आउनेछ । यसै दिनको हाराहारीमा रणवीरको डकैत ड्रामा फिल्म ‘शमशेरा’ पनि प्रदर्शनमा आउनेछ । यदि दुवै फिल्मको प्रदर्शनको मिति परिवर्तन नगरिएको खण्डमा सलमान र रणवीर कपूरको फिल्म दुईपटक जुध्नसक्ने देखिन्छ ।

 रमाइलो पक्ष के छ भने ‘इंशाअल्लाह’मा नायिकाको रुपमा रणवीरकी गर्लफ्रेन्ड आलिया भट्ट हुनेछिन् । उनी ब्रह्मास्त्रमा प्रमुख नायिकाको रुपमा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ