काठमाडौं । बलिउड स्टार आमिर खानकी छोरी इरा खान केहिसमय गुमना थिइन् तर हालै उनले आफ्नो पर्सनल लाइफका तस्विर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । इराले इन्स्टाग्राममा एक मिल्ने-साथीसँगको तस्विर शेयर गरेकी छन् । इराले सो तस्विर क्यालिफोर्नियाको सान्ता बारबराबाट शेयर गरेकी हुन् ।
जसमा एक केटा निधारमा किस गर्दै अँगालो हालेको देखिन्छ । इराका साथीको नाम मिशाल कृपलानी हो । जसलाई इराले आफ्नो पोस्टमा ट्याग गर्दै लेखेकि छन् -'' तपाईको स्प्रिंग ब्रेक ऊर्जा र खुशिबाट भरिने विश्वास छ मिशाल कृपलानी।'' मिशाल मुम्बईका हुन र उनि कम्पोजर हुन् ।
इराको सो तस्विर शेयरपछि भाइरल भएको छ । इन्स्टाग्राम प्रयोगकर्ताहरुले फोटोमा कमेन्ट गर्दै के उनि तपाई ब्वाइफ्रेन्ड हो भनेर प्रश्न गरेका छन्। इरा आमिरकी पहली पत्नी रीना दत्ताकी छोरी हुन् । पहली पत्नीबाट आमिरका दुई सन्तान छन् । जुनेद र इरा । सन् २००५ मा आमिरले किरण रावसँग दोस्रो विवाह गरेका थिए । आमिर-किरणका एक छोरा आजाद राव खान छन् ।
आमिरकी छोरी इराको बाल्यकालदेखिने म्यूजिकमा खास लगाव रहेको छ । त्यसैले इराले म्यूजिकमा क्रिएटिव, प्रोडक्शन र म्यानेजमेन्ट गर्न म्यूजिक डायरेक्टर राम संपतको टीमसँग काम गर्ने इच्छा जताएकी थिइन् । आमिरले राम संपतसँग डेली बेली र तलाश फिल्ममा काम गरिसकेका छन् ।