arrow

फोटो खिच्न नजानेको भन्दै किमले निकाले निजी फोटोग्राफर

logo
प्रकाशित २०७५ चैत १३ बुधबार

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले बर्षौदेखि आफ्नो तस्वीर खिच्दै आएका निजी फोटोग्राफरलाई जागीरबाट निकालेका छन् । निजी फोटोग्राफर तीन सेकेन्डको लागि किमको अगाडि आएपछि जागरीबाट नकालिएको बताइएको छ ।

१० मार्च उत्तर कोरियामा भएको चुनावपछि किम जोङ उन जब नागरिकहरुसँग कुरा गरिरहेका थिए, तब उनको तस्वीर खिच्नेको लागि उनका फोटोग्राफर अगाडि पुगेका थिए । सो कुरा किमलाई यति चित्त बुझेन कि उनले ४७ बर्षीय ती फोटोग्राफरलाई जागीरबाट निकालि दिए । साथै कोरिया वर्कर पार्टीका प्रतिनिधिहरुले फोटोग्राफरलाई दोयम नागरिकको दर्जा दिए ।

डेली मेलका अनुसार, फोटोग्राफरको नाम ‘री’ रहेको छ । रीले यसरी तस्विर लिइरहेका थिए कि क्यामेराको फ्लासले किमको गर्दन कभर गर्यो ।

री माथि फोटोग्राफीको लागि बनाइएको दुई मिटरको प्रतिबन्धित भागको उलंघन र सिधै किमको अगाडि आएर फोटो र भिडियो खिच्न नपाइने नियम तोडेको आरोप लगाइएको छ ।  री त्यहि फोटोग्राफर हुन् , जसले हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्विर खिचेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ