arrow

आइसीसी विश्वकप टि–२० को विधिवत सुरुवात, सुपर ‘टेन’ राउण्ड सुरु

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
ICC-World-Twenty20-2016.jpg.jpeg
एजेन्सी । आइसीसी विश्वकप टि–२० क्रिकेटको विधिवत सुरुवात भएको छ । विश्वकप टि–२० अन्तर्गत सुपर टेन राउण्ड मंगलबारबाट नागपुर स्थित विद्रभ खेलमैदानमा आयोजक भारत र न्यूजिल्याण्डबीचको खेलबाट सुरु हुँदैछ । यी दुईबीचको खेल साँझ ७ः४५ बजेपछी हुने छ । 
 
गत सस्कंरणमा उप–विजेतामा सिमित भएको आयोजक भारत यो विश्वकपमा उपाधि जित्ने विश्वासका साथ प्रतियोगितामा सहभागि भएको छ । यो पटक उपाधि जित्ने कप्तान महेन्द्र सिहं धोनीको ठोकुवा छ । सुपर टेन राउण्डमा  सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरी राउण्ड रोबिनको आधारमा खेल संचालन हुने छ । दुबै समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । 
 
सुपर टेनको समूह ‘ए’ मा इङ्गल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । यस्तै, समूह ‘बी’ मा अष्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, बङ्गलादेश छन् । अफगानिस्तान र बङ्गलादेशले पहिलो चरणमा आ–आफ्नो समूह विजेता बन्दै सुपर १० मा स्थान बनाएका हुन् । बङ्गलादेशमा भएको गत सस्कंरणको फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराउदै उपाधि कब्जा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ