arrow

गिरिजाप्रसाद कोइरालाको स्मृति क्यानडामा

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
girija-smriti-canada.jpg

ब्राम्टन । नेपाली जनसम्पर्क समिति क्यानडाले पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको उपलक्ष्यमा क्यानडाको ब्राम्टन शहरमा एक कार्यक्रमकोबीच दीप प्रज्वलन गरि मनायो ।

उक्त कार्यक्रममा समितिका पदाधिकरी लगायत एनआरएन क्यानडाका उपसभापति राज महत, एनआरएन क्यानडाका सल्लाहकार प्रकाश ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा समितिका महामन्त्री बिद्याभूषण कार्कीले नेपालको शान्ति तथा द्वन्द्व व्यबस्थानपनमा स्वर्गीय कोईरालाले पुर्याएको अतुलनीय योगदानको चर्चा गर्दै उनको जीवनीको बारेमा संक्षिप्त्त रुपमा प्रकाश पारेका थिए । 

स्वर्गीय कोइरालालाई सम्झिदै १ मिनेट मौन धारणा गरेर शुरु गरिएको सो दीप प्रज्वलन कार्यक्रममा उपस्थित सबैलाई समितिका सभापति रामबाबु थापाले धन्यवाद ज्ञापन गरेको महामन्त्री कार्कीले जानकारी दिए । 

कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । उनी पाँच पटक प्रधानमन्त्री भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ