arrow

करिश्मा कपुरसँग हुनेवाला थियो अक्षय खन्नाको विवाह, अहिलेसम्म छन् अविवाहित

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
karisma-kapoor.jpeg

काठमाडौं । बलिउड स्टार अक्षय खन्नाको बिहिबार  ४४ औँ जन्मदिन हो । बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो वेग्लै पहिचान बनाएका छन् । अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र'हिमालय पुत्र' बाट शुरू गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र 'बोर्डर' हो ।

अक्षय खन्नाले फिल्म 'ताल'बाट पहिचान बनाए । चलचित्र १९९९ मा रिलिज भएको थियो र सुपरहिट भयो  । फिल्ममा अक्षयसँग ऐश्वर्या राय थिइन् । फिल्म 'दिल चाहता हे' बाट अक्षयले फिल्मफेयर बेस्ट सपोर्टिङग एक्टरको अवार्ड पाए । यसपछि अक्षयका 'हमराज', 'हंगामा', 'हलचल', 'रेस' र 'दहक' जस्ता चलचित्रमा सफल भए ।

अक्षय खन्नाका बुवा विनोद खन्नाको निधन २०१७ मा भयो । यसपछि अक्षय एक्लो भए  । ४४ बर्षको उमेरमा पनि उनले विवाह गरेका छैनन् ।  मीडिया रिपोर्ट्सका अनुसार, अक्षय खन्नाको विवाहको लागि करिश्मा कपुरलाई प्रस्ताव गरिएको थियो । तर कारणवश उनिहरुको विवाह भएन ।

करिश्माका बुवा रणधीर कपूरले विनोद खन्नाको घरमा छोरिको विवाहको सम्बन्ध पठाएका थिए । तर करिश्माकी आमा बबीता कपूरले मानिन् । सो समय करिश्माको करियर सुरुवातमा थियो । बबीताले चाहिनन् कि करियरको यस समयमा करिश्माको विवाह होस ।

अक्षय खन्नालाई एकपट विवाह बारेमा सोधिएको प्रश्नमा भनेका थिए , 'मलाई बच्चा मन पर्दैन त्यसैले मैले आजसम्म विवाह गरिन ।' साथै उनि भन्छन् , ' म कहिले पनि विवाह गर्न चहादिन । मलाई एकलै बस्न ठिक लाग्छ । म केहि समयसम्म सम्बन्धमा रहन सक्छु तर लामो समयसम्म त्यो सम्बन्धलाई निभाउन सक्दिन ।'

अक्षय खन्नाको नाम दुई-तीन हीरोइनसँग पनि जोडिएको थियो । यस मध्ये एक हुन् तारा शर्मा । अक्षय सधै लजालु स्वभावका रहेका छन् त्यसैले उनि  आफ्नो पर्सनल लाइफको बारेमका कुरा गर्दैनन् । ताराको विषयमा पनि उनले वाहिर कहिल्यै कुरा गरेनन् । अक्षय खन्ना केहि समय रिया सेनसँग पनि डेटमा रहे ।

अक्षय खन्नाको अन्तिम गर्लफ्रेन्ड सेरा हुन । सेरा एक ब्रिटिश मोडल हुन् । अक्षय र सेरा भेटघाट इङल्याण्डको ट्रिपमा भएको थियो । सेराले अक्षयसँग भारतमै बस्ने निर्णय गरेकी थिइन् । तर पछि अक्षयले एक जर्मन केटिको लागि उनलाई धोखा दिएको हल्ला बाहिरिएको थियो ।  अक्षय खन्नाको हालै आएको चलचित्र  'एक्सीडेन्टल प्राइम मिनिस्टर' हो । उनिको चलचित्र 'सेक्शन ३७५' रिलजि हुन बाकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ