arrow

'पीएम नरेन्द्र मोदी' सँग सलमान खान रुष्ट

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
salman-khan.jpg

काठमाडौं ।  प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र 'पीएम नरेन्द्र मोदी' रिलिजको तयारीमा  छ । वायोपिकमा विवेक ओबराय  मोदीको भुमिकामा रहेका छन् । चलचित्र रिलिज हुनु पुर्व नै विवादमा तानिदै आएको छ ।

चलचित्र प्रति सलमान खानले पनि असन्तुष्ट जनाएका छन् ।  'पीएम नरेन्द्र मोदी' मा आफ्नो चलचित्र 'दस' को 'सुनो गोर से दुनिया बाले' गीत  राखेपछि सलमान रुष्ट बनेका हुन् ।

चलचित्र 'दस' को 'सुनो गोर से दुनिया बाले' सलमान खान, रवीना टन्डन, शिल्पा शेट्टी र संजय दत्त माथि बनाइएको चलचित्रको थियो । चलचित्र निर्माताको निधनपछि चलचित्र रिलिज भएन । गीत भने सुपरहिट भयो । सो गीतको राइटस् टिसिरिज र सलमान खान दुवैसँग रहेको छ ।  सलमानको असन्तुष्टि उनको अनुमति विना 'सुनो गोर से दुनिया बाले'  गीत किन राखियो भन्ने हो ।

केहि दिन अघि बलिउड गायक जावेद अख्तर र समीरले चलचित्रमा आफ्नो नाम राखेको भन्दै आपत्ति जनाएका थिए ।  

अख्तर र समीरले भने, 'हाम्रो चलचित्रको लागि कुनै गीत थिएन तर नाम किन राखियो ।' यसमाथि चलचित्र निर्माता सन्दिप सिंहले सफाइ दिदै भने, 'वायोपिकमा चलचित्र 'दश' का लागि जावेद अख्तरद्वारा लिखित गीत 'सुनो गौर से दुनिया बाले' र समीरको 'ईश्वर अल्लाह' राखिएको छ । यस कारण उनलाई क्रेडिट दिइएको हो ।'

चलचित्र 'पीएम नरेन्द्र मोदी' अप्रिलको पहिलो हप्ता रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ