arrow

हस्तमैथुन स्वास्थ्यको लागि लाभदायक, जान्नुस् हस्तमैथुनका के–के छन् फाइदा ?

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
masturbation.jpg.jpeg
एजेन्सी। हस्तमैथुनले सेक्स जीवन बर्बाद हुने या स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने सामान्य मानिसको बुझाइ छ वा हुन सक्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ । उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत बुभाइ छ । मानिस सोच्छन् कि अन्धोपना र शरीरमा हुने कमजोरीको कारण हस्तमैथुन नै हो । तर, यो बिल्कुलै गलत बुझाइ हो । ‘डेली मेल’को समाचारका अनुसार हस्तमैथुनले स्वास्थ्यमा कुनै असर गर्दैन बरु फाइदा पुर्‍याउँछ । 
 
अष्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटीकी ‘पब्लिक हेल्थ साइन्टिस्ट’ एन्थोनी सान्टेलाका अनुसार हस्तमैथुनले मधुमेह, प्रोस्टेट क्यान्सर र युरिन सम्बन्धी समस्या कम हुन सक्छ । अनुसन्धानमा सहभागी ९४ प्रतिशत पुरुषले आफूले हस्तमैथुन गर्ने गरेको स्वीकार गरेका थिए भने ८५ प्रतिशत महिलाले पनि आफूले हस्तमैथुन गर्ने गरेको स्वीकारका थिए । जसमा केही गर्भवती महिला पनि सामेल थिए । अनुसन्धानबाट प्राप्त नजिता अनुसार कुनै महिलाले हस्तमैथुन गर्छन् भने उनीहरुमा ‘गर्भाशयमा हुन सक्ने संक्रमण’ र ‘मुत्र मार्गमा हुने संक्रमण’को सम्भावना कम हुन जान्छ । यस्तै हस्तमैथुनले निन्द्रा नलाग्ने समस्या र तनावबाट पनि छुट्कारा मिल्छ । 
 
यस बाहेक हस्तमैथुन गर्नाले गर्भाशय नजिकको भाग पनि मजबुत हुन्छ । अध्ययनमा यो पनि पाइयो कि हस्तमैथुनले क्यान्सरबाट पनि जोगाउन मद्दत गर्छ । अध्ययनका अनुसार जो पुरुष नियमित रुपमा हस्तमैथुन गर्छन्, उनीहरुमा प्रोस्टेट क्यान्सरको खतरा एकदमै न्यून हुन्छ । प्रोस्टेट ग्रन्थीबाट निस्कने विषाक्त पदार्थ (टोक्सिन) हस्तमैथुनका क्रममा निस्कन्छ र प्रोस्टेट क्यान्सरको सम्भावना पुरुषमा कम हुन जान्छ । 
 
त्यस्तै एक अष्ट्रेलियन जोडीले दावी गरेका छन् कि हस्तमैथुन गर्नाले ‘डिप्रेसन’बाट पनि छुट्कारा पाउन सकिन्छ । हस्तमैथुनका समयमा तनाव कम गर्ने ‘एन्ड्रोफिन’ उत्पादन हुन्छ, जसका कारण व्यक्ति खुशी रहन्छन् । यसले ‘कोर्टिसोल’ हर्मोनमा बृद्धि हुन्छ र शरीरको ‘प्रतिरक्षा प्रणाली’ मजबुत बनाउन मद्दत गर्छ । यस्तै उक्त अध्ययनमा दावी गरिएको छ कि हस्तमैथुनले निन्द्रा नलाग्ने रोग र डिप्रेसन निदान हुन्छ र प्रतिरक्षा प्रणाली समेत मजबुत हुन्छ । 
 
उक्त अध्ययनमा यो पनि दावी गरिएको छ कि हस्तमैथुनबाट चाँडै नै सेक्सको चरम आनन्द समेत प्राप्त गर्न सकिन्छ । जसले नियमित चरम आनन्द प्राप्त गर्छन् उनीहरु तनावबाट मुक्त हुन्छन् भने उनीहरुको रक्तचाप पनि सामान्य रहन्छ र शरीरमा हुने पीडाबाट उनीहरु टाढा रहन्छन् । उक्त अध्ययनका अनुसार हस्तमैथुन गर्नाले आफ्नो ‘पार्टनर’लाई पनि खुशी बनाउन सकिन्छ अर्थात हस्तमैथुन गर्ने ‘व्यक्तिको प्रस्तुति ओछ्यानमा पनि राम्रो हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ