arrow

रुपन्देहीका चौथो तहका स्वास्थ्यकर्मी बिरोधमा : ऐन २०५३ अनुसार सेवाको माग

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत १४ बिहिबार
rupandehi-karmachari.jpg

बुटवल । स्वास्थय मन्त्रालय अन्तर्गत रुपन्देही जिल्लाका बिभिन्न अस्पताल, तथा स्वास्थय सस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थयकर्मी कर्मचारीहरुले प्रस्ताबित संघीय निजामती सेवा ऐन २०७५ले आफुहरुको अधिकार खुम्चीने भन्दै पुनराबलोकन गर्न आग्रह गरेका छन् । कर्मचारीले यस अघि स्वास्थय सेवा ऐन २०५३ अनुसारनै पाउदै आएको सेवा सुबिधा अब आउने संघीय निजामती सेवा ऐनले कटौती गर्ने देखिएको भन्दै पुरानै ऐन अनुसारको सेवा सुबिधा सुनिश्चित गर्न माग गरेका छन् ।

हामीहरुको माग भनेको पुरानै ऐन २०५३ अनुसार काम हुनु परयो, हामीहरु २०५३ ऐन अनुसारनै सेवाप्रबेश गरेको र अब ल्याईन लागेको  संघीय निजामती ऐनले धेरै सेवा सुबिधा कटौती गरेको छ, त्यस्मा हाम्रो बिरोध हो, २०५३ अनुसारनै हामीले पाउदै आएको सेवा सुबिधा सुनिश्चित हुनु पर्छ, स्वास्थकर्मी एबं मझगावा स्वास्थय चौकीका अहेब बिरेन्द्र कुमार कोहारले बताए ।

रुपन्देही जिल्लामा यो तहमा १५० बढी स्वास्थ्यकर्मी कार्यरत रहेको र आफुहरुले उठाउदै आएको मुद्धा सम्बोधन नभए कडा संघर्षमा उत्रने हाटीबनगाई स्वास्थय चौकीका अहेब खुमराज गैरेले चेतावनी दिए  । स्वास्थयकर्मीहरुले प्रस्ताबित संघीय निजामती ऐनमा रहेका दफा ८ को उपदफाहरु १०,१२,२७ र २८ संसोधन गरी ऐन २०५३ अनुसारका बुदाहरु राख्न जोडदार माग गरेका छन् ।

स्वास्थय कार्यालयमा ज्ञापन
यसै बिच स्वास्थ्यकर्मीहरुले जिल्ला स्वास्थय कार्यालय रुपन्देही भैरहवामा गएर माग सम्बोधन गर्न आग्रह गर्देै ज्ञापनपत्र बुझाएका छन् । कार्यालयका निमित्त कार्यालय प्रमुख ओम प्रकाश गुप्तालाई ज्ञापन पत्र बुझाउदै स्वाथ्यकर्मिले चौथो तहका कर्मचारीहले देशैभरीबाट आवाज उठाईरहेकाले माग उपर सम्बोधन गर्नु पर्ने बताएका छन् । ज्ञापन पत्र बुझदै निमित्त प्रमुख गुप्ताले ज्ञापनपत्रलाई सम्बन्धित निकायमा पठाउदै समस्या समाधान गर्न सक्दो पहल गर्ने जनाए ।
सो क्रममा स्वास्थय मन्त्रालय अन्तरगत  रुपन्देही स्वास्थ्यकर्मी चौथो तहका कर्मचारीहरु बिरेन्द्र कुमार कोहार, खुमराज गैरे, महेन्द्र अर्यालको नेतृत्वमा १९ कर्मचारी ज्ञापन पत्र बुझाउन गएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ