arrow

अब बावुले पनि गर्ने भए आमाको यो काम !

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
milk-feeding1.jpg

काठमाडौं । साना शिशुको स्याहार गर्नु निकै महत्वपूर्ण काम हो । आमाको जसरी शिशुको ध्यान राख्नु जो कोहीको वशको कुरा होइन । तर, बावुलाई शिशुको जिम्मा दिइयो भने के होला ? तर, जापानमा यस्तो यन्त्र बनाइएको छ, जसको सहयोगमा आमाको काम पनि बाबुले गर्न सक्छन् ।

 जापानी कम्पनी डेंटसुले यस्तो डिभाइस बनाएको छ, जसको सहयोगमा पुरुषले पनि शिशुलाई स्तनपान गराउन सक्छन् । यो डिभाइस एक विशेष प्रतिवेदनलाई ध्यानमा राखेर निर्माण गरिएको हो । शिशुलाई खुवाउने विषयमा धेरै जोडीको झगडा हुने विषयलाई ध्यानमा राख्दै यो यन्त्र बनाइएको हो ।
 
अहिले बनाइएको यन्त्रलाई लगाउन सकिन्छ । यसलाई महिलाको स्तनको आकारमा बनाइएको छ । यसलाई लगाएर पुरुषले आरामसँग शिशुलाई काखमा लिएर स्तनपान गराउन सक्छन् । कम्पनीकाअनुसार यो डिभाइस यसकारण बनाइएको हो कि स्तनपानको विषयलाई लिएर झगडाको कम होस् ।

यो यन्त्रमा सेन्सरको पनि प्रयोग गरिएको हुन्छ, जसले शिशुको भोक लाग्ने समय र सुत्ने समयको विषयमा पनि जानकारी दिन सक्छ । यसमा शरीरको तापमानबराबरकै तापमान हुने गर्छ । यो डिभाइसलाई स्मार्टफोन एपको माध्यमबाट चलाउन सकिन्छ । कम्पनीले छिटै नै यो डिभाइस बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ