arrow

राजेन्द्रलाई चौथौ क्यायक उपाधि, स्वर्णसंगै नगद

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
Rajendra-Gurung.jpg.jpeg
पाेखरा । कास्कीका राजेन्द्र गुरुडले चौथौं राष्ट्रिय क्यायका प्रतियोगितामा प्रथम स्थान हात पार्दै स्वर्ण पदक हासिल गरेका छन् । चौथौं पर्वतीय खैलकुद महोत्सव अन्र्तगत नेपाल र्याफ्टिङ एण्ड क्यानोईड संघले कास्कीको ह्याम्जास्थित सेती नदिमा गरेको प्रतियोगिताको फाइनलमा गुरुडले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हासिल गरे । स्वर्णसंगै उनले १० हजार समेत हात पारे ।
 
प्रतियोगितामा दोश्रो स्थानमा रहंदै सोमबहादुर मगरले रजत र तेश्रो स्थानमा रहंदै जीवन गुरुडले कास्य पदक पाए । दोश्रो र तेश्रो हुनेले क्रमशः ७ र ५ हजार प्राप्त गरे । खुला रुपमा आयोजना गरिएको प्रतियोगितामा एक मात्र महिला गोमा सुनुवारले प्रतिस्पर्धा गरैकी थिईन् । दुई दिनै प्रतियौगितामा १३५ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
 
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुङ, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष सौम थापा लगायतले पुरस्कार, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ