arrow

साडी र चौकीदारपछि इन्टरनेटमा छायो 'मोदी टिका'

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
modi_tika.jpg

काठमाडौ् । भारतमा चुनाव नजिकिँदै जाँदा माहोल तातेको छ । लोकसभा चुनावसँगै सामाजिक सञ्जालमा पनि चुनावी रंग छाएको छ।  यसैबिच एक टिका इन्टरनेटमा भाइरल भएको छ । सो  टिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर रहेको छ । तस्विरलाई शेयर गरेर मानिसहरु रमाइलो गरिरहेका छन् ।  ७० बर्षको इतिहासमा प्रधानमन्त्रीको पहिले साडी र टिका बजारमा आएको भन्दै मानिसहरुले कमेन्ट गरेका छन् ।

केहि समय पहिले मोदीको साडीले भने बजार पिटेको थियो । २०१९ को सुरुवातमा नै गुजरातबाट सुरु भएको सूरतको साडी मार्केटमा मोदी साडीले बजारमा उच्च व्यापार गरिरहेको व्यापारीहरुले जनाएका छन् ।  चुनावको प्रचारको लागि समेत काम हुने भएकोले विशेषगरी भाजपाका कार्यकर्ताहरुले धेरै खरीद गर्ने गरेका छन् ।  मोदीको नाम लेखिएको १० हजारदेखि कसैले २० हजारसम्मको अर्डर आउने गरेको छ ।

मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियान सुरुवात गरेका थिए । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका थिए । अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन्।

यस अभियानसँगै मोदी लगायत भाजपाका अमित शाह सहित सबै ठूला नेताहरुले आफ्नो नामको अघि चौकीदार नाम राखेकका थिए । पीएम मोदीका साथसाथ बीजेपी अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल तथा बीजेपीका आईटी सेल प्रमुख अमित मालवीयले समेत ट्विटरमा आफ्नो नामको अगाडि 'चौकीदार' थपेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ