arrow

प्रदेश नं २ मा एसईईका हुनबाँकी सबै परीक्षा रद्द, आउट गर्नेलाई कारबाही गरिने

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
girirajmani_paudel.jpg

काठमाडौं । प्रदेश नं २ सरकारले लिएको एसईईका सबै परीक्षाहरु रद्द गर्न केन्द्र सरकारले निर्देशन दिएको छ । शुक्रबार भएको सामाजिक विषयको परीक्षापत्र परीक्षा अगाबै सार्वजनिक भएपछि दिनभर प्रदेश नं २ का विभिन्न शहरहरुमा विद्यार्थीहरुले आन्दोलन गरेका थिए । 
 
शुक्रबार साँझ शिक्षा मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदेश नं २ का बाँकी एसईई परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्न केन्द्र सरकारले निर्देशन दिएको हो । साथै प्रश्नपत्र आउट गर्नेमाथि कडा कारबाही गरिनेपनि मन्त्रालयले स्पष्ट पारेको छ । 

सरकारले शनिबार हुने भनिएको परीक्षाको पनि प्रश्न पत्र आउट भएको भन्ने विषयलाई भने खण्डन गरेको छ । मन्त्रालयले बाहिर हल्ला गरिएको प्रश्न पत्र नक्कली भएको समेत उल्लेख गरेको छ । यद्यपि शनिबारको परीक्षा स्थगित भईसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ