arrow

ब्रह्मास्त्रको विशालता : महाभारतको शोध अनुसार गरिएको थियो १९४५ को परमाणु परीक्षण

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
brahmastra-parmanu.jpg

काठमाडौं । पूर्वीय संस्कृतिको विशालता र वैज्ञानिकता यति धेरै छ कि इतिहासको पाना पल्टाउँदै जाने हो भने हरेक विज्ञानको मूल पूर्वीय विज्ञान र संस्कृतिमा नै ठोकिने गर्दछ। चाहे त्यो १९४५ को परमाणु परीक्षण होस् या आइन्स्टाइनको १०० साल पुरानो गुरूत्वाकर्षणको थ्योरी नै किन नहोस् । जुन आज सही बनेर निस्किएको छ । 

पौराणिक शास्त्रहरुमा वर्णित शस्त्र ब्रह्मास्त्रलाई जो कोहीले यति शक्तिशाली मान्ने गरेका छन् कि देवता र मनुष्यहरु सबै उसँग त्रसित हुन्छन् । मानिन्छ कि सो अस्त्रमा यति धेरै उर्जा हुन्छ जसले एकैपटक पृथ्वीलाई भस्म गर्न सक्छ । यसले गर्न सक्ने विनाश कति भयावह थियो यसका अनुमान महाभारतमा निम्न स्पष्ट वर्णनबाट पनि लगाउन सकिन्छ । “अत्यन्त शक्तिशाली विमानभन्दा एक शक्ति – युक्त अस्त्र प्रक्षेपित गरिएको… धुवाँका साथ अत्यन्त चमकदार ज्वाला, जसको चमक दस हजार सूर्यको चमकको बराबर थियो ।  वज्र समान अज्ञात अस्त्र साक्षात् मृत्युको भीमकाय दूत थियो जसले वृष्ण र अन्धकको समस्त वंशलाई भस्म गरेर खरानी बनायो।'

प्राचीन भारतमा परमाणु विस्फोटको अरु पनि अनेकौं प्रमाणहरु मिल्न सक्छ। राजस्थानमा जोधपुरबाट पश्चिम दिशामा लगभग दस माइल टाढा तीन वर्गमाइलको एक यस्तो क्षेत्र छ जहाँ रेडियोएक्टिव मिलेको थियो । वैज्ञानिकहरुले सो क्षेत्रमा एक प्राचीन नगर उत्खननको क्रममा त्यसलाई भेटेका थिए । जसमा विभिन्न प्रकारका भवनहरु र लगभग पाँच लाख मानिसहरु आजभन्दा लगभग ८ हजारदेखि १२ हजार वर्ष पूर्व कुनै विस्फोटका कारण मरेका थिए । 

के हो ब्रह्मास्त्र ?
ब्रह्मास्त्रको अर्थ हुन्छ कि ब्रह्म (ईश्वर) को अस्त्र। ब्रह्मास्त्र एक दिव्यास्त्र हो जो परमपिता ब्रह्माको सबैभन्दा मुख्य अस्त्र मानिन्छ। एकपटक यसलाई चलाउने क्रममा विपक्षी प्रतिद्वन्दीका साथ साथ विश्वको सबैभन्दा ठूलो भागको विनाश भएको थियो भन्ने शास्त्रमा प्रमाण छ। यस शस्त्रलाई शास्त्रहरुमा सबैभन्दा विनाशक शस्त्रको रुपमा मान्ने गरिएको छ । रामायण र महाभारत कालमा यस शस्त्रको वर्णन मिल्नेछ । जसमा हामी यसको मारक क्षमताको जानकारी पाउन सकिन्छ । 

शास्त्रमा भनिएको छ कि यदि दुई ब्रह्मास्त्र आपसमा ठोक्किन्छ भने सम्झनुपर्छ अब यसैले प्रलय निम्त्याउने वाला छ । यसबाट समस्त पृथ्वीको विनाश निश्चित रुपमा हुँदैछ । यस प्रकार एक अन्य भूमण्डल र समस्त जीवधारीहरुको रचना गर्नु पर्दछ । 

रामायण र महाभारतमा समेत परमाणु बमको प्रमाण
हुनसक्छ कि दुनियाँको पहिला परमाणु बम महाभारतको युद्धमा चलेको थियो । आधुनिक कालमा जे. रोबर्ट ओपनहाइमरले गीता र महाभारतको गहन अध्ययन गरेका थिए । उनले महाभारतमा बताइएको ब्रह्मास्त्रको संहारक क्षमतामाथि शोध गरेका थिए । आफ्नो मिशनलाई नाम दिए कि ट्रिनिटी (त्रिदेव)। रोबर्टको नेतृत्वमा १९३९ देखि १९४५को बीचमा वैज्ञानिकहरुको एक टीमले यो कार्य गरेका थिए । १६ जुलाई १९४५ लाई यसको पहिलो परीक्षण गरिएको थियो। 

एक शोधकार्यबाट विदेशी वैज्ञानिकहरुलाई जानकारी मिलेको थियो कि वास्तवमा महाभारतमा परमाणु बमको उपयोग भएको थियो । भारतको पुणेका डाक्टर तथा लेखक पद्माकर विष्णु वर्तकले आफ्नो शोधकार्यका आधारमा भनिएको थियो कि महाभारतको समय जो ब्रह्मास्त्र प्रयोग गरिएको थियो । त्यो परमाणु बम नै थियो। डा. वर्तकले १९६९ देखि ७० सम्म दुई वर्ष लगाएर एक किताब लिखे ‘स्वयम्भू’। यसमा ब्रह्मास्त्रबारे उल्लेख भेट्न सकिन्छ।

प्राचीन भारतमा काहिँ-काहिँ ब्रह्मास्त्रको प्रयोग गर्ने वर्णन गरिएको छ । रामायणमा समेत मेघनादद्वारा युद्ध हेतु लक्ष्मणले जब ब्रह्मास्त्रको प्रयोग गरेका थिए । त्यतिबेला श्रीरामले उनलाई रोकेका थिए । श्रीरामले त्यतिबेला भने कि अहिले यसको प्रयोग उचित छैन । यसबाट पूरै लङ्का ध्वस्त हुन्छ । 

ब्रह्मास्त्रका प्रकार
ब्रह्मास्त्र कैयौं प्रकारको हुन्थ्यो । साना ठूला शक्ति मात्रै होइन यो एउटा व्यापक रूपले संहार गर्ने संहारक हो। यसको विभिन्न प्रकारहरु हुन्छ । इच्छित, रासायनिक, दिव्य तथा मान्त्रिक-अस्त्र आदि। यी मध्ये कुनै दुई ब्रह्मास्त्रहरु आपसमा ठोक्कियो भने त्यसले प्रलयको स्थिति सिर्जना गर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । यसबाट समस्त पृथ्वीको समाप्त हुने रहेको छ। महाभारतमा सौप्तिक पर्वको अध्याय १३ देखि १५सम्म ब्रह्मास्त्रको वर्णन गरिएको छ । 

वेद-पुराणहरु आदिमा वर्णन गरेको पाउन सकिन्छ कि जगतपिता भगवान ब्रह्माले दैत्यहरुको नाश गर्नको लागि ब्रह्मास्त्रको उत्पति गरेका थिए । ब्रह्मास्त्रको अर्थ हुन्छ ब्रह्म (ईश्वर) को अस्त्र। प्राचीनकालमा शस्त्रहरुबाट ज्यादा संहारक अस्त्र थिए । शस्त्र त धातुहरुबाट निर्मित हुने थियो । तर, अस्त्रलाई निर्मित गर्नको लागि विद्या अलग नै थियो । 

प्रारम्भमा ब्रह्मास्त्र देवी र देवताहरुसँग नै हुने गर्दथ्यो । प्रत्येक देवी-देवताहरुसँग उनको विशेषता अनुसार अस्त्र हुन्थ्यो । देवताहरुले सबैभन्दा पहिले गन्धर्वहरुलाई यस अस्त्र प्रदान गरेका थिए । पछि यो अस्त्र मानिसहरुले प्रयोग गर्न थाले । 

सबैभन्दा शक्तिशाली शस्त्र
ब्रह्मास्त्र प्राचीन भारतको सबैभन्दा शक्तिशाली अस्त्र थियो । जो बहुत दूर्लभ र बहुत कम मानिससँग पाइन्थ्यो। भनिन्छ कि ब्रह्मास्त्र मात्रै त्यो मान्छेले पाउँथ्यो जसले कठोर तप गरेर भगवानलाई खुशी गराउन सक्दथे । शास्त्रका अनुसार जब यसको समान दोस्रो कुनै पनि अस्त्र-शस्त्रको प्रयोग हुन्छ भने त्यसले नै लोकमा सबै जीवहरुको नास हुनेछ। ब्रह्मास्त्रको ज्ञान हाम्रा ग्रन्थहरुमा आदिकालदेखि नै छिप्दै आएको छ र विडम्बना हामी सोही शास्त्रलाई मिथक मानेर हाम्रा शस्त्रहरु भुल्दैछौं ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ