arrow

सन्दीप लामिछानेको लोभलाग्दो कन्जूस्याईँ

खेल क्लबबाट सम्झना देशकै

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
sandeep21.jpg

काठमाडौं । सामान्यतया कन्जूस शब्दको प्रयोग नकारात्मक प्रसंगमा लिने गरिन्छ । तर क्रिकेटमा एक बलर कन्जूस भयो भने के हुन्छ ? 

सबैभन्दा राम्रो पक्ष नै त्यही हो । त्यस्तै गरेका छन् नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले भारतमा भइरहेको आइपिएल क्रिकेटमा । 

सन्दीपले जारी आइपिएलमा दिल्ली क्यापिटल्सबाट पहिलो खेल खेल्ने क्रममा उपाधिको दावेदार कोलकाता नाइट राइडर्स विरुद्ध निकै किफायती बलिङ गरेका छन् । 

सन्दीपले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिएका छन् । अन्य बलरको भन्दा यो सबैभन्दा किफायती बलिङ हो । 

दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा १ रनमात्र खर्चेका थिए । दोस्रो ओभरमा ओपनर भारतीय ब्याट्सम्यान निखिल शंकर नाइकलाई एलबीडब्ल्यू आउट गरेका सन्दीपले त्यसपछिका दुई ओभरमा पनि रन दिन कन्जूस्याईँ गरेका थिए । 

अन्तिम ओभर भने उनको जमेर धुलाई भएको थियो । समग्रमा राम्रो बलिङ गरेका उनले एक खेलाडीलाई रन आउट गर्न मद्धत गरेका थिए । 

स्टाइलिस देखिएका सन्दीपको प्रशंसा निकै भएको छ । पहिलो पटक गत संस्करणमा सहभागीता जनाएका सन्दीपलाई दिल्ली क्यापिटल्सले अन्तिम तीन खेलमात्र खेलाएको थियो । जहाँ सन्दीपले ५ विकेट लिएका थिए । 

अहिले भने सन्दीपले तेस्रो खेलमै खेल्ने मौका पाएका छन् । अब उनी नियमित खेल्न पाउनेमा भने आशावादी हुन सकिन्छ । 

खेल क्लबबाट सम्झना देशकै
उनी हुन त क्लबबाट खेलिरहेका छन् तर सम्झना देशकै गरिरहेका छन् । र उनीमार्फत पटक पटक नेपालको नाम पनि आइरहेको छ । 

चाहे टिमका खेलाडी, प्रशिक्षक, व्यवस्थापक हुन् वा टेलिभिजन कमेन्टेटर सन्दीपको नाम लिँदा नेपाल भन्न छुटाउँदैनन् । 

उनको प्रशंसा भइरहँदा नेपालको पनि प्रशंसा हुने गरेको छ । 

सन्दीपले दिल्ली जानुअघि काठमाडौंमा भनेका थिए ‘म एक्लै खेल्न गइरहेको छैन सिंगो नेपालको नाम राख्न गइरहेको छु ।’

सन्दीपले आफूसंगै अन्य नेपाली खेलाडीको पनि व्यवसायीक ढोका खोल्ने बताइरहेका छन् । 

आगामी दिनमा पनि सन्दीपले राम्रो प्रदर्शन गर्दै गए भने पक्कै पनि उनीसंगै नेपाली अन्य खेलाडीले पनि मौका नपाउलान् भन्न सकिन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ