arrow

बेलायतमा अर्थ आवर

logo
सुरेन्द्र इङ्नाम, 
प्रकाशित २०७५ चैत १७ आइतबार
watawaran-sahitya_2019.jpg

केन्ट । बेलायतको आशफोर्डमा विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदाझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्ठी आयोजना गरेको छ । 

शनिबार बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका स्टेशन प्रमुख योगराज राई अतिथि रहेको सो कार्यक्रममा तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि रहेका थिए । 

संस्थाका अध्यक्ष तथा वातावरण विद बिजय हितानले सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरु गर्दै अर्थ आवरको बारे प्रष्ट पारे । उनले भने, ‘आजको साँझ १ घण्टा बिजुली बत्ती नबालेर ईनर्जी खपत गर्ने, जसले गर्दा वातावरणलाई केहि समय भए पनि बचाउन सकौं ।’

सन् २०२० को जुन महिनामा विश्व वातावरण दिवशको दिन पारेर नेपालमा वातावरण साहित्य गोष्ठी गर्ने वातावरण साहित्यकार बिजय हितानको रहेको र उक्त्त कार्यक्रमको लागी आर्थिक सहयोग जुटाउनको लागी बेलायतमा रहेका सहयोगीहरुबाट प्रतिब्याक्ति एक पाउण्ड र नेपालमा रहनेबाट रु १०० सहयोगको आब्हान पनि गरेका छन् । यो सहयोग संङ्कलन एक हजार जनाबाट प्राप्त पछि बन्द गरिने जनाइएको छ । 

कृति समीक्षाको क्रममाः गायक गणेश पुनले भावेश भुमरीको नियात्रा “भिषाको रङ” र साहित्यकार अमित थेबेले निवन्धकार बिजय हितानको “ईको उत्सर्जन” निबन्ध सङ्ग्रहरुलाई समीक्षा गरे । 

उपस्थितहरुबाट सेमन्त राईले बाँसुरीको मिठो धुन साथै वातावरण कविता, अमित थेबे वातावरण कविता, सुरेन्द्र इङ्नाम बाँसुरी साथै वातावरण कविता, थिर थापाबाट गीत गायन, लाहाङ् चेम्जोङ् वातावरण कविता, औतारी साईला वातावरण कविता, अंग्रेजी साहित्यकार दोय फेलिसीटी वातावरण कविता, मुरे होलवूड वातावरण कविता र विश्वासदीप तिगेलाद्धारा वातावरण कविताहरु वाचन गरिएको थियो ।

कार्यक्रम अध्यक्ष बिजय हितानले वातावरण कविता वाचन गरे । साथै गोर्खा भान्सा घरकी सञ्चालक शुस्मा लिम्बु गुरुङ्लाई सभाहल निःशुल्क उपलव्ध गराइदिएकामा धन्यवाद दिँदै पुनः अर्थ आवर र अर्को वर्ष पुनः भेला हुने वाचा गर्दै कार्यक्रमलाई समापन गरिएको थियो । 

कार्यक्रम दिउँसो २ बजे शुरु भएर साँझ ५ बजे सकिएको कार्यक्रमलाई संस्थाका सचिव थिर थापाले सञ्चालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ