arrow

युवतीमा लीप्त कुलदिप जुक्जालीले धोका खाएपछि.....

logo
निर्मल खत्री,
प्रकाशित २०७२ चैत २ मंगलबार
women-alcohol.jpg.jpeg
म्याग्दी  । तपाई हामिलाई  पुरुषले महिलाहरुलाई लुटपाट गरेको त थाहा छ तर म्याग्दीमा एक अपरिचत महिलाले पुरुषलाई लुटपाट गरेकी छिन् ।तपाईलाई कोही अपरिचीत व्यक्तिले खाजा खाने, घुम्न जाने अफर गरेको छ भने सचेत हुनुहोस । किनकी म्याग्दीको बेनीमा अपरिचीत युवतीको अफरमा खाजा खान होटलमा गएका एक व्यवसायी लुटिएका छन् । 
 
खाजा खान बोलाएकी युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा ब्यवसाय गर्दै आएका कुलदिप जुक्जालीको साथमा रहेको सुन, मोवाईल र पैसा लुटेकी हुन् । सोमबार साँझ बेनीको पुन होटल एण्ड नान हाउसमा खाजा खान गएका जुक्जालीको साथमा रहेको दश तोला सुन, मोवाईल र पैसा लुटिएको पिडितले बताएका छन् । 
 
खाजासंगै मगाएको वाईनमा लठ्याउने पदार्थ मिसाएर खुवाएपछि बेहोस बनाई आफ्नो साथमा रहेको तिन तोलाको औठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाएको चेनका साथै मोवाईल र नगद लुटेर युवती फरार भएकी जुक्जालीले बताए । जुक्जालीको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । खाजासंगै वाईन खाएका जुक्जाली बिहान मात्रै बिउझिएका थिए । 
 
लोक दोहोरी गित प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहेका जुक्जालीको ति युवतीसंग उनी सञ्चालक रहेको कृषकको कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजीटीङ कार्ड लगेपछि उनिहरुबीच दुई तिन दिन फोनमा कुरा भएको थियो । कपाल खैरो पारेको, सेतो पाईन्ट, सेतो सुईटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलीयाको आधारमा खोजी कार्य भैरहेको छ ।  
 
अरबी भाषा बोल्ने अन्दाजी बिस वर्षकी ति युवतीले जुक्जालीसंग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिंङ गुरुले बताए  । युवतीले लुट्ने नियतले नसालु पदार्थको सेवन गराएको हुन सक्ने गुरुले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ