arrow

सरकारले उद्योगीहरुलाई झुक्यायो : बारिष्ठ उपाध्यक्ष राणा

logo
मणिप्रसाद गैरे,
प्रकाशित २०७२ चैत २ मंगलबार
Bhawani-Shing-Rana-261x300.jpg.jpeg
कपिलवस्तु । नेपाल उद्योग वाण्ज्यि महासंघकी केन्द्रिय बारिष्ठ उपाध्यक्ष भवानी राणाले नेपाल सरकारले उद्योगी व्यावसायीलाई झुक्याएको अरोप लगाएकि छिन् । सरकारले कहिले सविधान र कहिले अन्दोलन पछी देशको अवस्था राम्रो हुने गलत अश्वसन दिएर ढाटेको उनले बताइन् । कपिलवस्तुको  कृष्णनगरमा रहेको उद्योग वाण्ज्यि संघको ९ औँ साधारण सभालाई सम्बोदन गर्दै राणाले भनिन 'हामी त घरको न घाटको भयौ कहिले राजनितिक चपेटा त कहिले मधेश अन्दोलनको चपेटामा पारेर हाम्रो व्यावसाय धरायसी बनाएको छ ।'
 
उपाध्यक्ष राणाले महाभुकम्प भन्दा पनि आनदोलनले नै हामीलाई धेरै दुख दिएको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दे राणाले भनिन्  कृष्णनगर क्षेत्रको विकासका लागि हरपल हरदम तयार रहेको र यो क्षेत्रका उद्योगी व्यावसायीहरु नै विकास गर्ने हातेमालो गर्न अवश्यता रहेको जोड दिइन ।  
 
कार्यक्रमलाई सम्बोदन गर्दै यस क्षेत्रका संसद तथा सघिय समाजवादी फोरम नेपालका महासचिव अभिषेक प्रताप शाहले राजनितिक समस्या समाधान नभएसम्म उद्योगी व्यावसायीले राहत नपाउने बताए  । संसद शाहका अनुसार उद्योगी व्यावसायीको समस्या सरकारले बुझन नसकेको अरोप लगाए ।नेपाल उद्योग वाण्ज्यि महासंघका केन्द्रिय सदस्य कृष्ण शार्माले यो क्षेत्र औद्योगीक करिडोरको रुपमा विकास गर्न  आफुहरुले पहल गर्ने   बताए   । कार्यक्रम कृष्णनगर उद्योग वाण्ज्यि सघका अध्यक्ष विजय कुमार केडियाले कृष्णनगर भन्सार नाकालाइ राष्टिय भन्सार नाकाको रुपमा स्थापित गर्न नेपाल सरकारसग अनुरोध गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ