arrow

'टाइमपास' गरिरहेका युवकलाई गुगलले दियो १ करोड ९२ लाखको जागीर

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
using-google.jpg

काठमाडौं । ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरिरहेको बहुराष्ट्रीय कम्पनी गुगलमा काम गर्न धेरै मानिसहरुको सपना हुन्छ । संसारकै सबैभन्दा उत्कृष्ट कम्पनीहरुको सुचीमा छ गुगल । यहां काम गर्नेको इज्जत आफै बढेको पाइन्छ । यदि कुने घरका व्यक्ति गुगलमा काम गरे पुरै परिवारले नाता गोतामा प्रचार गर्छन् ।

इन्डिया टाइम्सका अनुसार मुम्बईमा पढिरहेका इन्जिनियरलाई गुगल कम्पनीले १ करोड ९२ लाख रुपैयाँको अफर दिएको छ । मुम्बईको मीरा रोडका अब्बदुला खान इन्जिनीयरिंग पढिरहेका छन् । अब्बदुलाको खाली समय कटि रहेको थिएन। त्यसको लागि उनले अनलाइन कन्टेस्टमा सहभागी हुने निर्णय गरे । उनलाई सो कन्टेस्ट गुगलको हो भन्ने समेत थाहा थिएन ।

उनि गुगलको अन्तर्वार्तामा पास भए । त्यसपछि फाइनल अन्तर्वार्ताको लागि लण्डन अफिसमा पठाइयो । जहां उनले गुगल कम्पनीको जागीर पाए ।  सो खबरपछि उनले परिवार र साथीहरुसँग खुशी साट्दै मिठाई बाढेका छन् । सो युवकले निकै सजिलैसँग जागीर पाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ