करीनाले भनिन् - दीपिका श्रीमान् रणवीर भन्दा मेरो छोरा स्टाइलिस
प्रकाशित २०७५ चैत १७ आइतबार
251
Shares
काठमाडौं । बलिउड अभिनेत्री करीना कपुर बलिउडको सबैभन्दा स्टाइलिस एक्ट्रेस मध्येकी एक हुन् । उनि सधै आफ्नो स्टाइलले चर्चामा छिन् । उनलाई हालै एचटी मोस्ट स्टाइलिस अवार्ड फीमेल फर जूरी च्वाइस दिइएको थियो । अवार्ड पाएपछि उनलाई सोधियो कि उनको नजरमा सबैभन्दा स्टाइलिस को हो ? तब उनले आफ्नो छोरा तेमूर सबैभन्दा स्टाइलिस रहेको बताइन् ।
अवार्ड पाएपछि करीनाले भनिन् - 'म यो अवार्ड तेमूर निमित्त लिदैछु , जो सबैभन्दा स्टाइलिस छन् र मलाई लग्छ कि उनि दीपिकाका श्रीमान् रणवीर सिंह भन्दा ज्यादा स्टाइलिस छन् ।' केहि समय पहिले इन्टरनेटमा रणवीरको फन्की स्टाइललाई तेमूरको फेशनसँग तुलना गरिएको थियो, तर करीना आफेले छोरालाई रणवीर भन्दा ज्यादा स्टाइलिस बताएकी छन् ।
करीना आफ्नो छोरा तेमूरको विषयलाई लिएर निकै सजग रहन्छिन् । पछिल्लो समय उनको छोरा पनि निकै चर्चित बन्न पुगेका छन् । यो उमेरमा पनि उनका फ्यानको संख्या उल्लेख्य छ । उनि घर बाहिर र निस्किएसँगै क्यामराहरु उनि माथि तर्छिन्छन् । क्यूटनेसका साथै उनको स्टाइल पनि इन्टरनेटमा खूब तारीफ भइरहेको छ । स्टाइल र क्यूनेसको कारण उनि स्टारकिड्स मध्ये एक हुन् ।