arrow

सउदीद्वारा अर्वपति बेजोसको फोन ह्याक, यसकारण भएको थियो मेकेन्जीसँग डिभोर्स

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
jeff-bezos1.png

काठमाडौं । संसारकै सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन सउदी अरबका अधिकारिहरुले ह्याक गरेको गाविन डी बेकरले आइतबार दाबि गरेका छन् । बेजोसको निजी तस्वीहरु लीक भएको मामिला जांच गरिरहेका बेकरले सो दाबि गरेका हुन् ।  बेजोसको तस्विरहरु लीक भएपछि उनको श्रीमति मेकेन्जी बेजोससँग सम्बन्धबिच्छेद भएको थियो ।

बेकरको यस ह्याकलाई सउदी अरबका पत्रकार जमाल खशोगीको हत्यालाई लिएर 'द वाशिंगटन पोस्ट' समाचारद्वारा गरिएको कभरेजसँग मिल्दो छ । यस समाचारको स्वामित्व अधिकार बेजोससँग रहेको छ । खशोगीको हत्या सन् २०१८ टर्कीको इस्ताम्बुलमा सउदी अरबको वाणिज्य दूतावासमा भएको थियो ।

बेकरले  'द डेली बीस्ट' वेबसाइटमा लेखेका छन्, 'अनुसन्धानकर्ताले यो निष्कर्ष निकालेका छन् कि सउदी अरबले बेजोसको फोन ह्याक गरेर उनको निजी जानकारीहरु प्राप्त गरेको थियो ।' उनले सउदी युवराज मोहम्मद बिन सलमानलाई इशारा गर्दै उनले वशिंगटन पोस्टलाई आफ्नो दुश्मन मान्ने गरेको बताए ।  

सीआईएको ब्रीफ्रिङपछि अमेरिकी सीनेटले पनि खशोगीको हत्याको लागि मोहम्मद बिन सलमानलाई जिम्मेदार ठहराएको थियो । तर , बेकरले यो कुराको स्पष्ट गरेका छैनन् कि सरकारका कुन अधिकारिहरुले फोन ह्याक गरे । उनले केहि प्रमाण पेश गरे जसमा ह्याकिङको लागि सलमानलाई उत्तरदायी ठहराइयो ।  

आफ्नो साथी पेट्रिक वाइटसेलकी पत्नी लोरेन सांचेजसँग सम्बन्ध उजागर भएपछि बेजोसले पत्नी मेकेन्जीसँग सम्बन्धबिच्छेदको घोषणा गरेका थिए। उनले आफ्नी श्रीमती मेकेन्जी बेजोससँगको पच्चीस वर्षे सम्बन्धलाई डिभोर्स दिए । डिभोर्सपछि जेफले मेकेन्जी बेजोसलाई दिएको रकमको हिसाब गर्दा यसलाई दुनियाँकै सबैभन्दा महंगो सम्बन्ध बिच्छेद भएको मानिएको छ ।

उनीहरु बस्दै आएको वाशिंगटन राज्यको एउटा अदालतको फैसलापछि बेजोसको कुल सम्पत्ति दुई हिस्सामा बाँडिने छ र एक हिस्सा मेकेन्जीले प्र्राप्त गरिन् । बेजोससँग भएको कुल १ सय ३७ अर्ब अमेरिकी डलरमध्ये ६० अर्ब अमेरिकी डलर मेकेन्जीको भयो  ।  उनीहरुले एउटा कार्यक्रममा संयुक्त अभिव्यक्ति दिँदै भनेका थिए, ‘हामीहरु २५ वर्षको सम्बन्धलाई अन्त्य गर्ने घोषणा गर्दै, आगामी दिनहरुमा आत्मिय साथीको रुपमा रहने निर्णय गरेका छौँ ।’  सम्बन्ध विच्छेदपछि पनि आफूहरु असल साथी रहने भने बताएका छन् ।

बेजोसले नै गाविन डी बेकरलाई हायर गरेका थिए । जसबाट यो थाहा पाउन सकिन्छ कि उनको निजी म्यासेज र तस्विरहरु 'एन्कवायरर' को हातमा कसरी पुग्यो भनेर ।  बेजोसले 'एन्कवायरर' का  पब्लिशर अमेरिकन मीडिया इंकलाई तस्विरहरु लीक गरेको जिम्मेदार ठहराएका थिए । उनले 'एन्कवायरर'का डेविड पेकरले तस्विरहरु छाप्ने धमकी दिएर ब्लाकमेल गर्ने कोशिश गरेको बताएका थिए । पेकर चाहान्थे कि बेजोसले आफ्नो  जांच रोकुन् ।

बेजोसले पुकरको कुरालाई मान्न अस्विकार गरेका थिए । उनले एएमआईसँग जोडिएका ई-मेल्स लाई प्रकाशित गरेका थिए । त्यस्तै खशोगीको  हत्यामा युवराजको कुनै संलग्नता नरहेको सउदी अरबले दाबी गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ