arrow

सफलताको मन्त्र : सकारात्मक सोच राखौ

logo
अध्यात्म,
प्रकाशित २०७५ चैत १७ आइतबार
insist-for.jpg

काठमाडौं । मानिसलाई सकारात्मक सोचले जति उचाइमा दोस्रो कुनै पनि बानीले पुर्‍याउन सक्दैन । मानिसहरु एक वा दुईपटक असफल भएपछि आफ्नो प्रयास नै छाडिदिन्छन् । तर, आफ्नो प्रयास जारी राख्ने हो भने सफल हुन कसैले पनि रोक्न सक्दैन । यसबारे यहाँ एक कहानी उल्लेख गरिएको छ ।

एक प्रयोगको क्रममा एक बायोलोजिस्टले ठूलो ट्यांकीमा एक शार्क माछालाई राखेका थिए । साथै त्यसै ट्यांकीमा साना माछाहरु पनि उनले जम्मा पारेर राखेका थिए । शार्कले साना माछा खाने गथ्र्यो । यो क्रम चलिरहेको थियो । यसै क्रममा बायोलोजिस्टले केही फरक गर्ने सोचका साथ ट्यांकीलाई दुई भागमा विभाजित गरेर बीचमा बलियो फाइबर स्लाइड राखिदिए । एकतर्फ शार्कलाई राखे र अर्कोतर्फ साना माछा राखिदिए ।
 
शार्क साना माछा खानका लागि आक्रमण गर्ने गथ्र्यो तर प्रत्येकपटक असफल हुन्थ्यो किनकी बीचमा बार थियो । शार्कले केही हप्तासम्म प्रयास गर्‍यो तर सफल हुन सकेन । त्यसपछि उसको प्रयास कम हुँदै गयो । त्यसपछि बिस्तारै शार्कले प्रयास गर्नै छाडिदियो । त्यसपछि बायोलोजिस्टले बीचको स्लाइड हटाइदिए । तर, शार्कलाई यसले कुनै असर गरेन । शार्कको मनमा बीचमा स्लाइड छ र यसलाई पार गर्न सक्दिनँ भन्ने छाप परेको थियो । जसको कारण साना माछाहरुको बीचमा शार्कको कुनै अवरोध थिएन तर उनीहरु पूर्णरुपमा सुरक्षित थिए ।

त्यसैगरी कहिलेकाँही मानिसको जीवनमा पनि यस्तो हुने गर्छ । मानिसलाई कहिलेकाँही अवरोध नभए पनि अवरोध छ कि भन्ने आशंका भइरहन्छ, यसले मानिसलाई सफलता पाउनबाट रोक्न सक्छ । त्यसैले यदि कुनै चीज पाउन इमान्दारीपूर्वक लगातार जारी राख्ने हो भने सफलता पक्का पनि हासिल गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ