arrow

टि-२० विश्वकप क्रिकेट: पहिलो खेलमा भारत बिरुद्ध न्युजिल्याण्डको सानदार जीत

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
NZ_IND.jpg.jpeg
काठमाडौं। टि-२० विश्वकपको पहिलो खेलमा आयोजक र प्रतियोगिताको राम्रो मानिएको टोली भारत न्युजिल्याण्डसँग ४७ रनले पराजित भएको छ। १२७ रनको लक्ष्य पाएको भारत ७९ रनमा अलआउट हुन पुगेको थियो। 
 
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनाएको थियो। उसकालागि कोरी एण्डरसनले सार्वाधिक ३४ रन बनाएका थिए भने ल्युक रोन्चीले २१ रनको योगदान दिएका थिए। 
 
झिनो लक्ष्य मानिएको १२७ रन पच्छ्याएको भारत १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटिएको थियो। उसकालागि कप्तान महेन्द्र सिंह धोनीले सार्वाधिक ३० रन बनाएका थिए भने विराट कोहलीले २३ रनको योगदान दिएका थिए। न्युजिल्याण्डकालागि मिचेल सान्टरले ४ ओभरमा ११ रन दिंदै ४ विेकट लिएका थिए । त्यसैगरि ईश सोधीले ३ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ