arrow

नाकको प्वालबाट गितार, घाँटीबाट सनही बजाउने दीपेन्द्रले वर्ल्ड रेकर्डमा नाम लेखाउने

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
guinness.jpg

घोडाघोडी । कैलालीका एक १८ वर्षे किशोर आफ्नो आवाजका कारण ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डमा’नाम लेखाउन मेहनत गरिरहेका छन् । घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षे दीपेन्द्र ओली आफूले निकाल्नसक्ने विभिन्न ११५ भन्दा बढी आवाजका कारण विश्व सामु नेपाललाई चिनाउन चाहन्छन् ।

दीपेन्द्रले करीब पाँचवर्ष पहिले स्थानीय रेडियोमा काम गर्दागर्दै हास्य टेलिशङ्ृखला भद्रगोलका अर्जुन घिमिरे ‘पाडे’को आवाज निकालेर विज्ञापनका लागि पाडेको आवाज चाहिएको थियो । उनले आवाज निकालेपछि सबैले उनलाई बधाई दिए उनमा अझै उत्साह बढेर गयो । त्यसपछि उनी युटब हेरेर बढी भन्दा बढी आवाज निकाल्न लागिरहेका थिए । अहिले दीपेन्द्र हास्यकलाकार शिवहरि पौडेलदेखि कुमार कट्टेल ‘जिग्री’कोसमेत आवाज दुरुस्तै निकाल्न सक्छन् ।

विभिन्न बाजागाजा, जनाबरको पनि आवाज निकाल्नसक्ने भएकाले सबैको माया पाइरहेको उनी बताउँछन् । दीपेन्द्रले आवाज निकाल्न लाग्दा हौसला र ऊर्जा थप्ने मान्छे कोही नभएको तर केहीका मन पाएर बौलाइरहन्छ भन्दै अलोचना गर्ने मान्छेको भने कमि थिएन । अहिले उनलाई देशका विभिन्न ठाउँमा सञ्चालन हुने मेला महोत्सव तथा विदेशबाट समेत निम्तो आउने गरेको छ ।

दीपेन्द्रले भने, “स्कुल पढ्दा क्यारिकेचर गरेर गीत गाउथ्ये’ तर पछि मलाई नेपालका अन्य सबै हास्य कलाकारको भन्दा फरक गर्न मन लाग्यो र मैले त्यसकै लागि धेरै मेहनत गरेँ ।” अहिले उनलाई मेला महोत्सवमा प्रस्तुति दिन जानुपर्ने भएकाले भ्याइनभ्याइनै छ ।

घरका एक्ला छोरा दीपेन्द्रकी एक बहिनी छिन् । शुरु शुरुमा परिवारबाट साथ नपाए पनि अहिले भने हौसला मिलेको उनले बताए । उनले भने, “बाहिर कार्यक्रममा व्यस्त हुन थालेपछि परिवारको साथ पाएँ, अहिले उहाँहरुले पनि अगाडि बढ्न हौसला दिनुहुन्छ ।” उनले हास्यव्यग्य क्षेत्रमै केही गर्छु भनेर लागेको तीन वर्ष जतिभयो ।

तीन वर्ष पहिले कैलालीको सुख्खडमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा दीपेन्द्रले पहिलो पटक आफ्नो प्रतिभा देखाए र सबैले सकारात्मक प्रतिक्रिया दिएपछि आफूमा थप ऊर्जा थपिएको उनले बताए । चितवन, पोखरा, भैरहवा, कपिलवस्तु, बुटवल, धनगढीलगायत विभिन्न ठाउँ गरी नेपालका ४० जिल्लामा सहभागिता जनाइसकेको उनले बताए । उनले भने, “गिनिज बुकमा नाम लेखाउने सपना छ ।”

नाकको प्वालबाट गितार, घाँटीबाट सनहीलगायतका विभिन्न किसिमका बाजाको आवाज निकाल्नसक्ने उनले भारतीय चर्चित कार्टुन मोटु पत्लुको आवाजको क्यारिकेचर गरेर बालबालिकालाई मनोरञ्जन दिने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ