arrow

सुरक्षा व्यवस्था डिजिटल प्रविधिबाट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १८ सोमबार
cctv.png

स्याङ्जा ।  स्याङ्जा सदरमुकाम पुतलीबजारको सुरक्षा व्यवस्था अब डिजिटल प्रविधिबाट गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको अगुवाईमा जिल्ला सदरमुकामका व्यस्तबजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेर सदरमुकामलाई डिजिटल निगरानीमा राखिने भएको हने । बजार क्षेत्रमा प्रहरीको गस्ति नियमित भए पनि सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन डिजिटल मैत्री बनाउन संघको अगुवाईमा यो रणनीति अख्तियार गरिएको छ ।

संघले स्थानीय प्रशासन, उद्योगी व्यवसायी तथा बैकर्श स“ग छलफल गरेर सिसि क्यामेरा जडान गर्ने भएको छ । बैंक तथावित्तिय संस्थाहरु र ठूला घरानाका व्यवसायी आन्तरिक रुपमा सुरक्षित भएपनि बाह्यि सुरक्षाको अवस्था विश्वास योग्य नभएको भन्दै सिसि क्यामेरा जडान गर्न लागिएको संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले जानकारी दिए ।

“जिल्लाभर सुरक्षाको अवस्था मजबुद बनाउनु पर्छ, त्यसमा अझबजार क्षेत्र धेरै सम्बेदनशिल हुन्छ ।”जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले भने, “संघले सुरक्षा निकायस“ग हातेमालो गरेर डिजिटल सुरक्षित बजार बनाउन खोजेको छ, त्यसमा हाम्रो सकारात्मक सहयोग हुन्छ ।” अब स्याङ्जाबजार डिजिटल र मानविय दुबै तहको निगरानीमा हुने लम्सालले बताए ।

करिब ६ वर्षअघि संघकै पहलमाबजार क्षेत्रमासिसि क्यामेरा जडान गरेर डिजिटल निगरानी शुरु गरिएको थियो ।जडित क्यामेरा मर्मत सम्भार कोषको अभाबमा बिग्रेर काम नलाग्ने अवस्थामा पुगेको संघले जनाएको छ । संघका अनुसार करिब ७लाख ५० हजारको खर्चमा दर्जनौ स्थानमा सिसि क्यामेरा जडान गरिएको थियो । “पछिल्लो समय कारोबारका हकमा बैंक तथावित्तिय संस्था सुरक्षाको ठूलो जोखिममा छन् ।” मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख ऋषि ढकालले भने, “त्यो जोखिमलाई डिजिटल निगरानीले न्यूनिकरण गर्ने विश्वास गरेका छौं ।” बजार क्षेत्रमा दैनिक रुपमा एकबाट अर्को वित्तिय संस्थामा नगद कारोबार गर्दा सुरक्षित महशुस गर्न सकिनेमा उनले विश्वास प्रकट गरे ।

विभिन्न समूह र संस्थाका नाममा जबरजस्ती उठाईने चन्दा संकलनलाई डिजिटल निगरानीले निरुत्साहित गर्ने विश्वास लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डिजिटल निगरानीले आपतकालिन उद्धार र सम्भाबित दुर्घटनालाई समेत रोक्न सक्छ । बजारको निगरानी गर्नपनि सहजहुने प्रहरीको बुझाई छ । बजार क्षेत्रलाई डिजिटल निगरानीमा राख्न सिसि क्यामेरा जडान गर्नका लागि समिति समेत गठन गरिएको छ । गठित समितिको संयोजकमा संघका अध्यक्ष, सह–संयोजकमा जिल्ला प्रसाशन कार्यालयका यादवराज शर्मा, सदस्य सचिवमा डिएसपी नविनकृष्ण भडारी र कोषाध्यक्षमा सुनचा“दी व्यवसायी पूर्णबहादुर सुनार, वाणिज्य स्तरका बैंक तर्फबाट नेपाल बैंकका मुकुन्दवाग्ले, एभरेष्ट बैंकका रोजल श्रेष्ठ, सदस्यमा होटेल व्यवसायी मोतिकृष्ण उपाध्याय, विकास बैंककातर्फ ऋषि ढकाल, सहकारीबाट केशवराज लम्साल, पत्रकारबाट ओमप्रकाशर्मा र लघुवित्त तर्फ बाट धु्रवपौडेल रहेका छन् । समितिले सिसि क्यामेरा जडान गर्ने स्थानको पहिचान गर्ने र श्रोत व्यवस्थापन गर्ने संघका कार्यालय सचिव रामप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार करिब १० लाखको खर्चमा झण्डै डेढ दर्जन स्थानमा क्यामेरा जडान गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ