arrow

पबजीका लागि उपयुक्त सस्तो मुल्यका ८ स्मार्टफोन

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
pubge.jpg

एजेन्सी। मोबाईल गेम्सहरुको बारेमा संसारभर चर्चा हुने गरेको छ। यस्ता गेम्सहरुका कारण ग्यामिङ स्मार्टफोनहको माग बढि रहेको छ । योसँगै स्मार्टफोन निर्माता पनि परफर्मेन्स ओरिएन्टेड स्मार्टफोन्स सार्वजनीक गरिरहेका छन् ।

अब तपाईले पबजी खेल्नको लागि प्रीमियम स्मार्टफोनमा ज्यादा पैसा खर्च गर्नु पर्ने छैन । सस्तो मुल्यमा पनि स्मार्टफोन बाजारमा उपलब्ध छन् ।  जसमा तपाई पबजी खेल्न सक्नुहुनेछ । पबजी खेल्नको लागि यी स्मार्टफोन्स २४ हजार नेपाली रुपैयाँ भन्दा कम मुल्यमा बाजारमा उपलब्ध छन् ।

साओमी रिडमी नोट ७ स्मार्टफोनको मुल्य २२ हजार रहेको छ । स्मार्टफोनमा ३ जीबी/४ जीबी/८ जीबी र्‍याममा उपलब्ध छ ।

आसुसको जेनफोन म्याक्स प्रो एम २ स्मार्टफोनको सुरुवाती मुल्य १९ हजार रहेको छ । यो स्मार्टफोन पनि ३जीबी/४जीबी/८जीबी र्‍याममा रहेको छ ।

१९ हजार रुपैयाँ शुरुवाती मुल्य रहेको रियलमि २ प्रो स्मार्टफोनमा ८.३ इन्चको स्क्रीन रहेको छ । जसमा पबजी खेल्न बिशेष अनुभव रहनेछ ।

हुवावेको अनर ८ एक्स स्मार्टफोनको न्युनतम मुल्य २४ हजार रहेको छ । स्मार्टफोन ४ जीबी/८ जीबी र्‍याम अपशनमा उपलब्ध छ।

साओमी मी ए २ स्मार्टफोनको सुरुवातको मुल्य १९ हजार रहेको छ । एन्ड्रोइड ९ पाई अपरेटिङ सिस्टम भएको यो स्मार्टफोन पबजी खेल्न रामाइलो हुनेछ ।

ग्यालेक्सी एम ३० मा ६.४ इन्चको फुल एचडी एमओएलईडी इन्फीनिटी यु डिस्प्ले रहेको छ । वाटरड्राप युक्त यो फोन एन्ड्रोइड ८.१ ओरियो बेस्ड सामसुङ  एक्सपीरियन्स ९.५ युआइमा चल्छ । स्मार्टफोनको न्युनतम मुल्य २४ हजार रहेको छ ।

साओमी रेडमी नोट ७ मा ६.३ इन्च का फुल एचडी डिस्प्ले रहेको छ । जसलाई साओमी डट नच डिस्प्ले भनिन्छ । १०८०x२३४० पिक्सल रिजुलेशन भएको यस डिस्प्लेको आस्पेक्ट रेशियो १९.९:९ छ ।

रियलमी ३  स्मार्टफोन दुई चरणमा सार्वजनीक भएको थियो । स्मार्टफोनको सुरुवाती मुल्य १४ हजार रुपैयाँ रहेको छ । सो मुल्यमा ३जीबी र्‍याम ३२ जीबि स्टोरेज  स्मार्टफोन पाइन्छ । त्यस्तै ४ जीबि र्‍याम ६४ जीबी स्टोरेज वाला रियलमी ३ को मुल्य १७ हजार रुपैयाँ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ