arrow

करीनाको चलचित्रमा २ वर्षीय छोरालाई १० मिनटको क्यामियो रोल

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
taimur1.jpg

काठमाडौं । करीना कपुर र सैफ अली खानका छोरा तेमूर आफ्नो क्युटनेशका कारण चर्चामा छन् ।  तेमूरको इन्टरनेटमा एक तस्विर र भिडियो भाइरल भएको छ । तेमूरको  लोकप्रियतालाई मध्यनजर गर्दै करीना-सैफले उनलाई चलचित्रमा डेब्यू गराउने तयारी गरेका छन् ।  २ बर्षका तेमूर चाडै बलिउडमा कदम राख्दै छन् ।   

मीडिया रिपोर्ट्सका अनुसार तेमूर करीनाको आगामी चलचित्र गुड न्यूजमा देखिने भएका हुन् ।  उनि यस चलचित्रमा १० मिनेट को क्यामियो रोलमा हुनेछन् ।  तेमूरले आफ्नो भुमिकाको लागि २ सीन शूट गरेका छन् । सो  चलचित्रमा करीना लगायत अक्षय कुमार, किआरा आडवाणी र दिलजीत दोसांझ मुख्य भुमिकामा हुनेछन् ।

केहि समय पहिले चलचित्र सेट्सबाट किआरा र तेमूरको भिडियो भाइरल भएको थियो । तब तेमूर चलचित्रको  सेटमा आमा करीनासँग भेटन गएको अनुमान गरिएको थियो । तर अब तेमूर सो समय आफ्नो सीन शूटको लागि गएको प‍्रष्ट भएको छ ।

सेटमा  तेमूरले रामाइलप गरेको भिडियो सार्वजनिक भएको थियो । चलचित्रमा करीना र अक्षय ४ बर्षपछि देखिदै छन् । यो भन्दा पहिले दुवै चलचित्र गब्बर इज ब्याकमा देखिएका थिए । त्यस्तै दिलजीतसँग करीनाले चलचित्र उड्ता पन्जाबमा काम गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ