arrow

सम्बन्धविच्छेदको हल्ला फैलाउने पत्रिकामाथि मानहानीको मुद्दा दर्ता गर्दै प्रियंका-जोनस

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
priyankas.png

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनसको सम्बन्धविच्छेदको समाचारले सञ्चार जगतमा चर्चा पाएको छ । एक अमेरिकी म्यागेजीनले यी दम्पतिले सम्बन्धविच्छेद गर्न लागेको दावी गरेको थियो । यस समाचारपछि प्रियंका र निक म्यागेजीनमाथि मानहानीको मुद्दा दर्ता गर्ने तयारीमा रहेका छन् ।

बलिउड लाइफको समाचार अनुसार प्रियंकाको कानुनी सल्लाहकारको टोलीले सो समाचार निर्माण ट्याब्लेडसँग कुरा गरेर समाचारको खण्डन गर्न लगाउने भएको छ । म्यागेजीनले समाचारको खण्डन नगरे प्रियंका र निकले ठुलो रकमसँग मानहानीको मुद्दामा जाने योजना बनाएका छन् ।

रिपोर्टमा सूत्रलाई कोड गर्दै उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको लेखिएको थियो।   'उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो । निकले प्रियंकाको कुरामा आएर विवाह गरेको र अब उनि त्यसको मुल्य चुकाइरहेका छन् ।' समाचारमा भनिएको थियो, 'निकको परिवार सम्बन्धबिच्छेद गराउन हतारिएको छ । निकको परिवारले प्रियंका समझदार महिला भएको जसले परिवार र वच्चाको ध्यान देनेछिन् भन्ने सोचेको थियो तर उनको व्यवहार ‘कन्ट्रोलिङ’ नभएको आरोप लगाएका छन् ।'

 गोशिपकप डटकले उक्त समाचारलाई वाइयात भन्दै प्रियंकाका प्रतिनिधिले हल्ला मात्रै भएको बताएका छन् । प्रियंका निकट साथीभाईका अनुसार ,'सम्बन्धविच्छेदको समाचार फैलाउने र समाचार बिकाउने माध्यम हो । प्रियंका र निक विवाहसँग खुशी छन् ।'

 प्रियंकाले गत डिसेम्बरमा निक जोनससँग बिहे गरेकी थिइन् । उनिहरुले राजस्थानको जोधपुर शहरमा बिहे गरेका थिए । लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षिय निक विवाहको ४ महिनापछि दुईको बीचमा टकराव भएको हल्ला चलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ