arrow

नयाँ कानुन : चोरी गर्नेका हातखुट्टा काटिने, सम्बन्ध राखे ढुङ्गाले हनेर मारिने

logo
प्रकाशित २०७५ चैत २० बुधबार
relation.jpg

ब्रुनाई । ब्रुनाईमा व्यभिचारी र समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि ढुङ्गाले हिर्काएर मारिने समेतका कडा व्यवस्थाहरु समेटिएको नयाँ इस्लामिक (शरिया) कानुन बुधबारदेखि लागू भएको छ ।

विश्वका राजनीतिक नेताहरु, अधिकारकर्मी तथा अभियन्ताहरु समेतले चौतर्फी आलोचना गरेपनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ ।

दक्षिण पूर्वी एसियाको सानो मुस्लिम राष्ट्र ब्रुनाईमा यो कानुन वर्षौंपछिको छलफल पश्चात् कार्यान्वयनमा आएको हो । ब्रुनाईमा सुल्तान हस्सनल बोल्किया लामो समयदेखि सत्तामा हुनुहुन्छ ।

नयाँ कानुनमा चोरी गर्नेहरुका हात र खुट्टा काटिने व्यवस्था समेत गरिएको छ । ब्रुनाईको मुलुकी ऐनको यस्तो व्यवस्था खासगरी साउदी अरब समेतका खाडी राष्ट्रहरुमा प्रयोगमा छ । पूर्वी वा दक्षिण पूर्वी एसियामा कठोर शरिया कानुन देशव्यापी रुपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो ।

ब्रुनाईको यस्तो निर्णयप्रति विश्व समुदायले कटु आलोचना गरेको छ । संयुक्तराष्ट्र सङ्घले शरिया कानुनका व्यवस्थाहरु “निर्मम र अमानवीय” रहेको जनाएको छ भने प्रसिद्ध नायक जर्ज क्लूनी, पपस्टार एल्टन जोन समेतका कलाकारहरुले ब्रुनाईका सेवाहरु बहिस्कार गर्न आग्रह गरेका छन् ।

तर ब्रुनाईका सुल्तानको कदमप्रति अरब राष्ट्रले स्वागत गरेका छन् । ब्रुनाईका सुल्तान विश्वकै धनी व्यक्तिमा गनिन्छन् । सुल्तानले नयाँ शरिया कानुन ल्याउन सन् २०१३ मै घोषणा गर्नुभएको थियो । सन् २०१४ मा शरिया कानुनको पहिलो प्रस्ताव सार्वजनिक गरिएको थियो । पहिलो प्रस्तावित कानुनमा दण्डसजाय केही खुकुलो थियो । बीबीसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ