arrow

के दीपिकाको कारण रणवीरले नवीकरण नगरेका हुन् यो सम्झौता ?

logo
प्रकाशित २०७५ चैत २० बुधबार
deepika-ranveer.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह पाँच बर्ष पहिले एक कण्डम ब्राण्डको ब्राण्ड एम्बेसडर बनेका थिए । अब उनि सो विज्ञापनमा देखिने छैनन् । फोर्ब्स इन्डियाको अनुसार रणवीरको सम्झौता सकिएको छ । त्यसलाई नविकरण गर्ने योजनामा रणविर छैनन् । यस्तो हुनुमा उच्च शुल्क वा उनको विवाहको कारण हुनसक्ने बताइएको छ ।

रणवीर सिंह र कम्पनी बिच आपसी सहमतिले सम्झौतालाई अघि नबढाउने निर्णय लिइएको हो । रणवीरले कण्डम ब्राण्डमा अनुबन्ध नहुनुको कारण उनकी पत्नी दीपिका पादुकोण रहेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंहले विज्ञापनका लागि ज्यादा शुल्क माग गरेका थिए । यसैले कम्पनीले रणवीर सिंहसँग सम्झौता नवीकरण गरेन । अघिल्लो बर्षको नोभेम्बरमा रणवीर सिंहले आफ्नो प्रमिका दीपिका पादुकोणसँग विवाह गरेका थिए । सो समय कम्पनीले दुवैलाई बधाई दिदै ट्वीट पनि गरेको थियो ।

रणवीर सिंहले कण्डम ब्राण्ड एम्बेसडर बनेसँगै सबै चकित भएका थिए ।  कण्डम ब्राण्ड एम्बेसडर बन्ने उनि बलिउडकै जलदो बल्दो एक मात्र अभिनेता हुन् । रणवीर ब्राण्ड एम्बेसडर बनेपछि कम्पनीलाई भारतमा निकै फाइदा भएको थियो ।

अहिले रणवीरको करियरमा गोल्डन समय चलिरहेको छ । उनको आगामी चलचित्र कबीर खानको ८३ हो  ।  जुन १९८३ को वर्ल्ड कपमा आधारित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ