arrow

गर्मीमा चिसो पेय भन्दा खुर्सानी उपयुक्त

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
Chilli-soda.jpg

काठमाडौं। गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने भन्ने कुरा थाहा पाउन सकेमा धेरै समस्याहरु नजिक पर्दैनन्। 

गर्मीमा खुर्सानीको प्रयोगले सहयोग गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर हो गर्मीमा खुर्सानीले जिउको तापमान नियन्त्रण गर्न सहयोग गर्छ। 

चिसो सोडा रहेको पेय भन्दा पिरो खानाले गर्मीमा सहयोग गर्छ भन्दा अचम्म परिन्छ होला तर यो साँचो हो । चिसो पेयले पाचन प्रणाली लगायत धेरै शारिरिक असर गर्दछ । चिसो पेयले शारिरिक तापमानका लगि सहयोग नि गर्दैन। 

साइन्टिफिक अमेरिकनमा ब्यरी ग्रिन लेख्छन ‘ मुखमा खुर्सानी वा मरिचको पिरो पुग्ने बित्तिकै केनद्रीय स्नायु प्रणालीले जिउमा तापमान बढेको सुचना पाउँछ र तुरुन्त तापमान मालउनका लागि जिउबाट पसिना निस्किन शुरु हुन्छ।‘ 

मुखको पिरोलाइ स्नायु प्रणालीले पुरै जिउको तापमान भनेर बुझ्दा गर्मीबाट बचाउन जिउले पसिना निकाल्छ जस्ले सितलता प्रदान गर्दछ । 

जबसम्म पिरो खाना खाँदा शरिरमा पानीको मात्रा उपयुक्त रहिरहेसम्म पिरोले गर्मीमा शारिरिक तापमानलाई नियन्त्रण गरिरहन्छ । पिरो खानु छिटो र सरल उपाय हो। शरिरमा पानीको मात्रा उपयुक्त राख्न पानी पीउने काम भने गरिरहनु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ