arrow

नन्दिता केसीको ‘अमेरिकन बाबु मेड ईन नेपाल’ युट्युबमा

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
americanbabu-made-in-nepal.jpg

काठमाडौं। कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकी नायिका नन्दिता केसिको पछिल्लो चलचित्र 'अमेरीकन बाबु मेड इन' नेपाल सार्वजनिक गरिएको छ ।

अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवालासंग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपालको अफिसियल यूट्युब च्यानलमा रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए । 

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालले लगानिको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको छ । बाबु बोगटि , नन्दिता केसि , स्मृति पोखरेल , एहशान ढकाल, राजेश गुरुङ , क्रिस थापा , अन्जली लामा , प्रवेश उप्रेती पल , प्रियंका आएर , रघु गिरि , जंगबु शेर्पा , सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ , मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ