arrow

सुत्दा कुन बस्तु सिरानी नजिक हुँदा के हुन्छ हानी ? 

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
sleeping.jpg

काठमाडौं । रातमा राम्रो निद्रा पर्यो भने त्यसले एकातर्फ शारीरिक थकान पूरा गर्छ भने अर्कातर्फ मानसिक शान्ति प्राप्त हुन्छ । 

तर वास्तुशास्त्रका अनुसार केही यस्ता चिजहरु छन् जसले राति सुत्ने समयमा सिरानी नजिक राख्नु हुँदैन । 

त्यस्ता चिजहरु राख्ने हो भने त्यसले नकारात्मक भाव पैदा गर्दछ । जसले गर्दा निद्रा लाग्नु त कता हो जीवनमा हानीसमेत गर्दछ । 

सुत्ने समयमा पानीको अंखोरा सिरानी नजिक राखेर कहिल्यै सुत्नु हुँदैन । यसले गर्दा चन्द्रमा प्रभावित हुन्छ र यसले मनोरोग हुन सक्छ । 

सुत्नुभन्दा पहिले जुत्ता–चप्पल कहिल्यै बिस्तारा मुनि वा सिरानीको नजिक राख्नु हुँदैन । यसले नकारात्मक शक्ति पैदा हुन्छ । 

मोबाइल, ल्यापटक बिस्तारामा राखेर नसुतौं । यस्ता चिजले राहुको दोष उत्पन्न हुन्छ । 

कुनै पनि किसिमको तेल राखेर सुत्नु हुँदैन । यसले जीवनमा विभिन्न प्रकारका कठिनाई निम्त्याउँछ । 

बिस्ताराको अगाडि कहिल्यै पनि ऐना नराखौं । यसले रोग उत्पन्न गर्छ र पति–पत्नीबीच पनि झैंझगडा भइरहन्छ । (एजेन्सीको सहयोगमा)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ