arrow

दंगलमा दर्शक आर्कर्षित

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
dangal.jpg

कपिलवस्तु । चैत १८ गते देखी सूरु भएको छैठौ प्राचिन कपिलवस्तु महोत्सवमा  विराट दंगल प्रति दर्शकहरुको आर्कषर्ण वढेको छ । नेपाल तथा भारतवाट आएका कुस्तीमा सहभागिहरुको खेल हेर्नको लागी भिड लागेको छ । दर्शकहरुको मध्यनजरलाई ध्यान दिदै कुस्ती प्रतियोगीता  विहिवार , शुक्रवार र शनिवार ४ बजे देखी ७ बजेसम्म राखिएको छ ।  

महोत्सव आउने चैत ३० गते सम्म रात्रीकालीन सयममा चल्ने छ । महोत्सवमा कृषि, पर्यटन,  ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरु रहेको  तौलिहवा उद्योग वाणिज्य  संघका सचिव अर्जुन चापागाईले बताए ।

 महोत्सवमा २ सय बढी स्टलहरु रहेका  छन । ढेड लाख बढी दर्शकले अवलोकन गरी एक करोड बढीको कारोवार हुने संयोजक गयादिन कुर्मीले बताए ।  दैनिक रुपमा साझं ७ बजे बाट बुद्ध पध्म माविको खेल मैदानमा विविध सास्कृतिक कार्यक्रम तथा प्रथम डान्स आइडल पनि संचालनमा रहेको छ जसमध्ये टप १० छनौट भई प्रतिस्प्रधामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ