- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । चैत १८ गते देखी सूरु भएको छैठौ प्राचिन कपिलवस्तु महोत्सवमा विराट दंगल प्रति दर्शकहरुको आर्कषर्ण वढेको छ । नेपाल तथा भारतवाट आएका कुस्तीमा सहभागिहरुको खेल हेर्नको लागी भिड लागेको छ । दर्शकहरुको मध्यनजरलाई ध्यान दिदै कुस्ती प्रतियोगीता विहिवार , शुक्रवार र शनिवार ४ बजे देखी ७ बजेसम्म राखिएको छ ।
महोत्सव आउने चैत ३० गते सम्म रात्रीकालीन सयममा चल्ने छ । महोत्सवमा कृषि, पर्यटन, ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरु रहेको तौलिहवा उद्योग वाणिज्य संघका सचिव अर्जुन चापागाईले बताए ।
महोत्सवमा २ सय बढी स्टलहरु रहेका छन । ढेड लाख बढी दर्शकले अवलोकन गरी एक करोड बढीको कारोवार हुने संयोजक गयादिन कुर्मीले बताए । दैनिक रुपमा साझं ७ बजे बाट बुद्ध पध्म माविको खेल मैदानमा विविध सास्कृतिक कार्यक्रम तथा प्रथम डान्स आइडल पनि संचालनमा रहेको छ जसमध्ये टप १० छनौट भई प्रतिस्प्रधामा रहेका छन् ।