arrow

यसरी दीपिका बनिन् सुपरस्टार

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
deepika-katrina1.jpg

काठमाडौं । दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । कुनै फिल्म खेलेको उनले १४ देखि १५ करोड भारु लिने गर्छिन् । यद्यपि उनी कट्रिना कैफको गल्तीको कारण अत्यधिक चर्चामा आएकी हुन् ।

कुनै समय अक्षयकुमार र कट्रिनाको जोडी निकै चर्चामा थियो । नमस्ते लण्डनपछि कट्रिना कैफलाई धेरै फिल्मबाट प्रस्ताव आएको थियो तर उनले अस्वीकार गरेकी थिइन् । पछि उक्त फिल्ममा दीपिका पादुकोणले अभिनय गरेकी थिइन्, जुसले उनलाईै सुपरस्टार बनायो ।

लामो समयपछि कट्रिना कैफको फिल्म 'टाइगर जिन्दा है' बजारमा आयो । उनको चलचित्र 'भारत' सुटिङको क्रममा रहेको छ । उनले अस्वीकार गरेका सुपरहिट फिल्महरु यस्ता छन् –

ये जवानी है दीवानी
बलिउडमा निकै चर्चामा रहेको फिल्म जवानी है दीवानीको लागि कट्रिनालाई सुरुमा प्रस्ताव गरिएको थियो । उनले अस्वीकार गरेसँगै दीपिका पादुकोणले यो फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्मले एक सय करोडभन्दा बढी आम्दानी गरेको थियो ।

चेन्नई एक्सप्रेस
शाहरुख खानको साथमा कट्रिना कैफको जोडी 'जब तक हे जान' मा निकै रुचाइएको थियो । यसपछि रोहित शेट्टीले आफ्नो आगामी फिल्म चेन्नई एक्सप्रेसमा पहिलो रोजाइको छनोटमा कट्रिना परेकी थिइन् । तर उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि दीपिकाको भागमा यो फिल्म परेको थियो ।

रामलीला
दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानी यो फिल्मबाट सुरु भएको थियो । अहिले यो जोडी बलिउडको सबैभन्दा लोकप्रिय जोडी बन्न पुगेको छ । यो फिल्मको लागि पनि कट्रिनालाई पहिलो प्रस्ताव गएको थियो तर उनले त्यसका लागि अस्वीकार गरेकी थिइन् ।

ह्याप्पी न्यु इयर
एकतर्फ दीपिका ठूला ठूला फिल्मबाट आएको प्रस्ताव स्वीकार गर्दै गइन् भने अर्कोतर्फ कट्रिना एउटै गल्ती दोहोर्‍याउँदै गइन् । ह्याप्पी न्यु इयर फिल्मका लागि पनि कट्रिनाले अस्वीकार गरेकी थिइन् । त्यसपछि यो फिल्म खेल्ने मौका दीपिकालाई मिलेको थियो ।

सिंघम
करिनाभन्दा पहिला यो फिल्मको रोल कट्रिनालाई प्रस्ताव गरिएको थियो । कट्रिनाले उक्त फिल्ममा अर्जुन र रणवीरजस्ता स्टार हुँदाहुँदै पनि फिल्म अस्वीकार गरेकी थिइन् ।

बजीराव मस्तानी
यो फिल्मलाई पनि अस्वीकार गर्नुले भने कट्रिनाको समस्या रणवीर सिंहसँग रहेको हुनसक्ने अनुमान गर्न थालिएको छ । यो फिल्मको अवसर पनि दीपिकालाई मिलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ