arrow

युवा अवस्थामा सम्बन्धहरु कसरि जोगाउने ?

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
love-propose.jpg

काठमाडौं। युवा अवस्थामा बनेका सम्बन्धहरु लामो समयसम्म टिक्न सके जिवनभरका लागि राम्रो साथी पाईने निश्चित हुने गर्दछ । यही उमेरमा बनेका सम्बन्धहरु बिभिन्न कारणले टुटेको पनि भेटिन्छ र यो उमेरमा टुटेको सम्बन्ध जोड्न त जोडिएला तर दाग भने संधै देखीईरहन्छ ।

कहिलेकाँही सानो कुराले पनि सम्बन्ध टुट्न सक्छ भने कहिले एक-अर्कलाई कुरा बुझाउन नसक्दा सम्बन्ध समधैका गि अन्त हुन्छ । यो मित्रताको सम्बन्ध होस् की प्रेमको , दुवैमा सम्बन्ध कायम राखि राख्न केही गर्नु पर्ने कामको चरचा गरेका छौं ।

 

  • संचार वा ईमान्दार कुराकानी: सम्बन्धमा ईमान्दारिताको प्रश्नै आउनु नपर्ने तर बुझ्नुपर्ने कुरा के हो भन्दा – ‘ईमान्दार देखिनु भन्दा ईमान्दार हुनु’ गाह्रो काम हो । आफु आफ्नो स्बन्धमा ईमान्दार रहेमा र नियमित कुराकानी गरिरहेमा सम्बन्धहरु सुमधुर हुँदै जान्छन र जति धेरै कुराकानी उती धेरै एक-अर्कालाई बुझ्ने मौका हुन्छ ।
  •  
  • नकरात्मक नहुने वा शान्त बस्ने: कहिलेकाँही कुनै कुरा साथीको सोच बारे आफुलाइ चित्त नबुझिरहेको बेला सम्झाउन सकिन्न भने शान्त बस्दा बढी पाईदा हुन्छ । सकरात्मक रुपमा सम्झाउन नसकने परिस्थितीमा शान्त बस्दा सम्बन्ध बिग्रिंदैन।
  •  
  • सम्बन्धलाई सामाजिक संजाल भन्दा बाहिर राख्ने : आफ्नो सम्बन्धलाई सामाजिक संजाल भन्दा बाहिर राख्दा सम्बन्धहरु समुधुर हुन जान्छ । सकरात्मक समयमा सामाजिक संजालमा राम्रो कुरा लेखे पनि सम्बन्ध चिसिएको बेला एक अर्का प्रति नकरात्मक कुरा लेख्नु हुन्न । रीसलाई शान्त राख्दै सामाजिक संजाल भन्दा बाहिर चिसिएको सम्बन्धको हल खोज्नु पर्छ ।
  •  
  • एक अर्कामा भरपर्नु वा बिश्वास गर्नु : दुई ब्यक्तिको सम्बन्ध एकजना मात्र अर्कोमा भरपर्ने स्थितीमा सम्बन्ध लामो समय नटिक्न सक्छ । दुवैजना एकअर्कामा भर पर्ने गर्दा सम्बन्धहरु लामो समय टिक्ने र एक अर्कामा बिश्वास बढेर जाने हुन्छ ।
  •  
  • एक-अर्कालाई सम्मान: कुनै पनि सम्बन्ध सम्मान बिना अधुरो हुन जान्छ । दुई ब्यक्ति बिचको सम्बन्धमा एक अर्कालाई सम्मान गर्दा दुवैको सोचमा सकरात्मकता थपिन जान्छ। एकले अर्काको काम, सोच, बुझाई आदीको सम्मान गर्दा सम्बन्ध झन् प्रगाढ बनेर जान थाल्दछ ।
  •  
  • अभिभावक वा माता पिताको सम्मान: एक अर्काको माता-पिताको सम्मान गर्दा पारिवारिक सम्बन्ध पनि मजबुत हुनजान्छ। हरेक माता-पिताले आफ्नो बच्चालाई सबैभन्दा बढि माया गरेका हुन्छन्। उनीहरु कोसँग संगतमा छन भन्ने जानकारीका लागि पनि माता-पितासँगको चिनजान र सम्मान आवश्यक हुन्छ ।
  •  
  • एक-अर्कालाई मदत: सम्बन्धहरु राम्रो बनाउनका लागि एक-अर्कालाई मदत गर्न संधै तत्पर हुनुपर्दछ । एक-अर्कालाई मदत गर्दा असल मान्छे बन्न सहयोग गर्नु पर्धछ । दुई असल मान्छेले एक राम्रो र सफल संसार बनाउन सक्दछन।

यसरी यस्ता केही कुराहरु ख्याल राखेमा सम्बन्धहरु बिग्रिनु अघि रोकन सकिन्छ । एक अर्का प्रतिको सम्मान र ईज्जत र आफु प्रतिको ईमान्दारिताले सम्बन्धहरु प्रगाढ बानउन मदत गर्दछ ।स-साना कुराहरुको हेक्का राखे सम्बन्धहरु कहिल्यै टुट्दैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ