- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बेलायती महारानीले आफ्नो ताजमा एक हीरा राखिएको छ । त्यसलाई कोहिनूर भनिन्छ । सो हीरा अंग्रेजहरुले भारतबाट हडपेर बेलायत लगेका थिए । कोहिनूरलाई १ महिना ८ दिनसम्म ज्वेलर्सले काटछाट गरि रानी भिक्टोरियाले सजाएकी थिइन् ।
भारतको पञ्जाबमा सन् १८१२ मा रणजित सिंहको शासन थियो । त्यतिबेला उनले काश्मिर मुक्त गराउने अभियान शुरु गरेका थिए । यो अभियानबाट डराएर त्यहाँका सुबेदार अतामोहम्मद भागेका थिए । काश्मिर अभियानको पछाडि निकै मूल्यवान् कोहिनूर हीराको कारण पनि थियो ।
अतामोहम्मद अफगानिस्तानबाट आएर काश्मिरमा कब्जा जमाएका थिए । उनको कब्जाबाट मुक्त गराउनका शाहशुजाकी बेगमले रणजित सिंहसँग आग्रह गरेकी थिइन् । बेगम शाहशुजा कैद भएपछि अफगानिस्तानकी शासिका थिइन् । यसको बदलामा उनलाई कोहिनूर भेट स्वरुप दिने उनको प्रस्ताव थियो । रणजित सिंहले प्रस्ताव स्वीकार गरे र आफ्नो वाचा पनि पूरा गरे ।
यद्यपि कोहिनूर हीरा दिने कार्यमा भने बेगमले ढिलाइ गर्दै गइन् । केही महिना बितिसकेपछि पनि हीरा नआएपछि रणजित सिंहले दबाब दिए । धेरे दबाब आएपछि उनीहरुले नक्कली हीरा पठाइदिए, जाँचको क्रममा सो हीरा नक्कली भएको खुलेको थियो ।
यसबाट रिसाएका रणजित सिंह शाहशुजाको घरमा पुगेर यो हीराको विषयमा सोधेका थिए । राजाले यो हीरा आफ्नो पछ्यौरामा लुकाएका थिए । यो कुराको चाल पाएका रणजितले पछ्यौरा साटी चलाखीपूर्वक हीरा ल्याएका थिए । बेगमले रणजित सिंहसँग हीरा गएको कुरा चाल पाइन् । उनी सो हीरालाई जगन्नाथलाई अर्पित गर्न चाहन्थिन् । तथापि, उनको इच्छा पूरा भने हुन पाएन ।
सन् १८४५ मा सिख समुदायमाथि अंग्रेजले आक्रमण गरेको थियो । सो आक्रमणमा सिख सेना पराजित भएसँगै अंग्रेजले कोहिनूर खोसेका थिए ।
केहि मानिसहरुको कथन यो छ कि दिलीप सिंह (रणजीत सिंहका छोरा) सँग अंग्रेजहरुले लण्डनमा कोहिनूर हडपेका थिए । कोहिनूरलाई १ महिना ८ दिनसम्म ज्वेलर्सले काटछाट गरि रानी भिक्टोरियाले आफ्नो ताजमा सजाइन्।
कोहिनूर विश्वको सबैभन्दा लोकप्रिय हीरा हो । यो भारतको आन्ध्र प्रदेशमा निकालिएको थियो । शुरुमा यो ७९३ क्यारेटको थियो । अहिले जम्मा १०५.६ क्यारेटको बन्न पुगेको छ । यसको तौल २१.६ ग्राम छ । कुनै समय यसलाई सबैभन्दा ठूलो हीरा मानिन्थ्यो ।