arrow

नेपाल आईडल टेक्सास टूर २०१९ हुने

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
texas-tour-2019.jpg

काठमाडौं। नेपाली सङ्गीतको ब्यापकता तथा लोकप्रियतामा ईँट थप्न सफल “नेपाल आईडल” दोश्रो संस्करणका विजेता रवि ओड, बिक्रम बराल तथा सुमित पाठक सम्मिलित अमेरिका यात्रा हुने भएको छ। आगामी ११ मेको शनिबार बेलुका ७ बजे डालसस्थित ट्रिनिटी मिल्स रोड, करोलटन टेक्सासमा पहिलो साङ्गितिक कार्यक्रम स्वरुप ‘नेपाल आईडल टेक्सास टूर २०१९’ हुने भएको हो। नेपाल आईडलकी होष्ट तथा लोकप्रिय नायिका रिमा बिश्वकर्माले शोको सञ्चालन गर्नेछिन् ।

बोडी एचडि तथा ८८४८ मेडिया हाउसको प्रस्तुतिमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (युलेस) मन्दिर तथा बौद्ध गुम्बा निर्माणको सहयोगार्थ हुने ‘नेपाल आईडल टेक्सास टूर २०१९’ डालससहित ३ शहरमा हुने कार्यक्रमको ब्यापक तयारी थालेको आयोजकले जनाएको छ।

आयोजक बोडी एचडीका अध्यक्ष पासाङ लामाले अमेरिकास्थित हरेक नेपाली संघसंस्था तथा नेपालीहरुबीच यस विशेष उद्धेश्य सहितको साङ्गितिक प्रस्तुतिलाई ब्यापक सहभागीता सहितको सहयोगका लागि अपिलसमेत गरेका छन्।

बोडी एन्टरटेनमेन्टका सिईयो तथा युवा उद्यमी रमेश एमके पौडेलले भने, ‘हामी उत्साहित छौं नेपाली साङ्गीतिक रियालिटी शोको ईतिहासमा सर्वाधिक सफल ‘नेपाल आइडल’ को दोश्रो संस्करणका विजेता रवी ओडसहित बिक्रम बराल तथा सुमित पाठकलाई अमेरिकामा स्वागत गर्नका लागि। उहाँहरुको ब्यापक स्वागत, सत्कारका लागि तथा उहाँहरुले प्रस्तुत गर्ने साङ्गीतिक प्रस्तुतिका लागि आवश्यक कुनै पनि कुरामा हामी सम्झौता गर्ने छैनौ। हामीमात्र हैन अमेरिकास्थित नेपालीहरु पनि कलाकारहरुको स्वागतमा ब्यापक सहभागिता सहितको समर्थनका लागि आतुर छन्।’

पौडेलले अगाडि थपे, ‘यो कार्यक्रम मनोरञ्जन र रमाइलोमा मात्र केन्द्रित नभएर एउटा विशेष महान उद्देश्यका लागि हामीले आयोजना गरीरहेका छौं, सङ्गीतको विश्वब्यापीकरणमा यसले सहयोग त गर्छ नै साथै जुन उद्देश्यका लागि हामी हिंडेका छौं त्यसका लागि यसबाट प्राप्त रकमको पनि उचित सदूपयोग गर्न सकिनेछ र हाम्रो विशेष उद्देश्य भनेको नेपालीहरुको आस्थाको धरोहर आदीनाथ पशुपतिनाथको मन्दिर तथा विश्व शान्तिका प्रतिक गौतम बुद्धको समर्पणमा बौद्ध गुम्बा अमेरिकामा निर्माण गर्नु हो। हामी विश्वस्त छौं नेपाली कला तथा सङ्गीतका भोका नेपालीहरुले ‘नेपाल आईडल टेक्सस टूर २०१९’ को टिकट खरिद गरी मनोरञ्जनका साथ एउटा विशेष उद्देश्यमा योगदान गर्नेछन्। हामी उत्साहित छौं।’

डालसको साङ्गीतिक शो पछि १७ मे शुक्रबारका दिन टेक्ससको हस्टनमा दोश्रो तथा १८ मे शनिबारका दिन टेक्सासको अस्टिनमा तेश्रो शोसंगै ‘नेपाल आईडल टेक्सास टूर २०१९’ को समापन हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ