arrow

देउमाईमा साहित्य तथा पर्यटन महाउत्सव, खनियो वौद्धिक वर्ग

आइतबार योगेश भट्टराई र प्रदीप पौडेलबीच ‘युवाबाट अबको नेतृत्वबारे बहस’

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
deumai.jpg

इलाम । नेपाली साहित्यको बहस गर्न चर्चित साहित्यकार इलामको देउमाई नगरपालिकामा भेला भएका छन् । साहित्य तथा पर्यटन महोत्सवको चर्चा र प्रचार गर्ने उद्देश्यले गरी सञ्चालन गरिएको कार्यक्रममा साहित्य सिर्जना नेपाली साहित्यको वर्तमान विषयमा शनिबारदेखि बहस सुरु भएको हो ।

पत्रकार तथा लेखक नरायण वाग्ले र दमिनी भिरका लेखक राजेन्द्र मुकारुङले ‘किन र कसरी लेख्ने’ बहसमा गरिएको बहसमा लेखकले सन्तुष्टिका लागि लेख्ने कुरामा जोड दिए । वाग्लेले पाठकलाई केन्द्रविन्दुमा राखेर विषय वस्तु छनोट हुनु गर्नु पर्ने निष्र्कष निकाले । 

पत्रकार टिकाराम यात्रीसँगको छलफलमा लेखकद्धयले समाजको यथार्थको चित्रण र सन्तुष्टिका लागि लेख्ने उनीहरुको भनाई छ ।

प्राध्यापक डा. अभि सुवेदीले राजधानी र मोफसलको साहित्यका विषयमा जहाँ भए पनि नेतृत्व गर्न सकिने बताए । इलामको मंगलवारेमा यस प्रकासको बहस हुनु पनि केन्द्रिकृत मानसिकता भत्कदै गएको उनको भनाई थियो । 

कार्यक्रमको अर्को श्रङ्खलामा साहित्यमा स्थानीयताको महत्वका विषयमा छलफल भयो । हाङयुक अज्ञात, मुनाराज शेर्मा र राज माङलाक बीच बहस भएको हो । 

पत्रकार समिरवावु कट्टेलले चलाएको बहसले स्थानीय पहिचान विनाको साहित्यको अस्तित्व नरहने निश्कर्ष निकाल्यो । मौलिकपनलाई समेटिएर साहित्य सिर्जना भए अन्य राष्ट्रले हेर्ने दृष्टिकोण परिवर्तन हुनेमा एकमत रहे । 

नेपाल प्राज्ञ प्रतिष्ठान प्राज्ञ परिषद सदस्य प्राध्यापक डा. गोपिन्द्र पौडलले समसामहिक विषयमा विवेचना गरे । पौडेलले साहित्य सिर्जनामा पूर्व नै सिङ्गो सम्प्रदाय रहने बताए । 

आइतबारसम्म चल्ने महोत्सवको उद्घाटन पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले गरेका थिए । उनले नेपाली भाषाले सवैलाई एकतामा बाँधेको जनाए । 

महोत्सवमा स्थानिय भाषा र साहित्य, समकालीन साहित्य, सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा, युवा अवसर र नेतृत्व, साहित्य र राजनीतिका विषयमा प्रवचन प्रस्तुती हुनेछ । महोत्सवले साहित्यको वहससँगै यस क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचारमा सहयोग गर्ने आयोजक समाजका लागि युवाका अध्यक्ष मोति गौतमले बताए ।

आइतबारको कार्यक्रम
आइतबार पनि विभिन्न विषयमा बहस हुँदैछ । आइतबारको विशेष कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य योगेश भट्टराई र नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलबीच बहस हुँदैछ । 

दुवैबीच ‘युवाबाट अबको नेतृत्वबारे बहस’ हुन लागेको हो । 

आइतबार साँझ सांस्कृतिक कार्यक्रमहरुसंगै दोहोरी पनि चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ