arrow

झापाको बजेट सैँतीस करोड

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
भद्रपुर। जिल्ला विकास समिति झापाले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि रु ३७ करोड २५ लाख नौ हजार बजेट विनियोजन गरेको छ ।  जिल्लाको कुल रु पाँच अर्ब ९७ करोड छ लाख चार हजार बजेटमा पूर्वाधार विकाससँग सम्बन्धित कार्यालयका लागि रु एक अर्ब ३९ करोड ७७ लाख ६९ हजार, सामाजिक विकास समितिसँग सम्बन्धित कार्यालयका लागि रु दुई अर्व ९७ करोड ५८ लाख १८ हजार र आर्थिक विकास समितिसँग आबद्ध कार्यालयको रु ४१ करोड आठ लाख ७७ हजार बजेट विनियोजन गरिएको छ । 
 
यस्तै वन तथा वातावरणसँग सम्बन्धित कार्यालयको रु नौ करोड १४ लाख १८ हजार, संस्थागत स्रोत तथा क्षमता विकास समितिसँग सम्बन्धित कार्यालयको रु एक करोड ८६ लाख ५७ हजार र जिविसको आन्तरिक कोष तथा केन्द्रीय अनुदानको रु एक अर्ब ९७ करोड छ लाख ७६ हजार ४०० समावेश गरिएको छ । 
 
स्थानीय विकास अधिकारी खेमराज ओझाले सीमित साधन र स्रोतको बाबजुद पनि जिल्लाको समग्र विकासमा बजेटलाई सन्तुलन कायम गर्ने प्रयास गरेको र यसबाट केही न केही परिवर्तनको अनुभूति जनताले गर्ने विश्वास व्यक्त गरे।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ