arrow

लामो समयसम्म सत्तामा रहेका भारतीय मुख्यमन्त्री : २४ बर्षदेखि नेपाली भाषीको शासन

logo
प्रकाशित २०७५ चैत २४ आइतबार
cms.jpg

काठमाडौं । भारतको राजनीतिक इतिहास निकै समृद्ध छ।  भारतले यस्ता राजनेता पनि पाएको छ जसले राष्ट्रको भलाईका लागि आफ्नो जीवन समर्पित गरे ।  भारतको एक राज्यमा नेपाली भाषीले  २४ बर्षदेखि शासन गर्दै आएका छन् ।  भारतकै इतिहासमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री हुने अवसर उनले पाएका छन् ।  यहाँ त्यस्ता मुख्यमन्त्रीको चर्चा गरिएको छ जसले लोकप्रियताको आधारमा  बर्षौसम्म सत्ताको बागडोर समहालेका छन् ।

पवन चामलिङ
पवन चामलिङ भारतको सिक्किम राज्यका मुख्यमन्त्री हुन ।  नेपाली भाषीहरुको राज्य मानिने सिक्किममा ७५ प्रतिशत नेपाली र बांकी भोटियो र लेप्चा जाति रहेका छन् ।  सिक्किमका मुख्यमन्त्री पवन चामलिंग २४ बर्षदेखि कार्यकाल सम्हालदै आएका छन् । उनले १२ डिसेम्बर १९९४ मा राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । शासनसत्ताको बागडोर सम्हालेपछि सिक्किमे जनताहरु स्वर्णिम युगको सुरुवात भएको मान्दै आएका छन् ।

 चामलिङ दोस्रो प्रजातान्त्रिक आन्दोलनका महानायक हुन। विश्वका नेपालीहरुलाई भाषागत र जातिगत आधारमा एकताको सूत्रमा बांधेर नेपाली जातिलाई संसारमा सर्वोत्कृष्ट जातिका रुपमा चिनाउनर् भन्ने मान्यतामा चामलिङ छन् । त्यस्तै, उनि भारतका १ करोड बीस लाखभन्दा बढी संख्यामा रहेका भारतीय नेपालीहरुलाई अल्पसंख्यक समुदायका रुपमा मान्यता दिलाउन पनि दिलोज्यानले लागिपरेका छन् । उनिको महाअभियानलाई आमभारतीय नेपालीले सकारात्मकरुपमा लिएका छन् भने अर्कोतिर उनलाई सिक्किमको मात्र नभएर समस्त भारतीय नेपालीका राजनेता पनि मान्ने गरिन्छ । साथै, उनि २००४ जुलाई १३ देखि १५ सम्म "सिक्किम सम्मान सम्मिलन'' को आयोजना गरेर नेपाली भाषीहरुलाई सम्मान गरेपछि उनको लोकप्रियता अझ चुलिएको छ ।

ज्योति बसु
ज्योति बसु ८ जुलाई १९१४ देखि १७ जनवरी २०१० सम्म भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का राजनेता थिए । ज्योति बसु सन् १९७७ देखि २००० सम्म पश्चिम बंगालका मुख्यमन्त्री बने । उनि २३ बर्षसम्म सत्तामा रहेका थिए । २३ बर्षसम्म पश्चिम बंगालको मुख्यमन्त्री रहेका बसुलाई सन् १९९६ मा भारतको प्रधानमन्त्री पदको लागि प्रस्ताव गरिएको थियो तर उनकै पार्टीले उनलाई सो पद गृहण गर्ने अनुमति दिएन । पछि उनले यसलाई एक ऐतिहासिक भूलको संज्ञा दिएका थिए ।  उनि सन् १९६४ देखि सन् २००८ सम्म सीपीएम पोलीब्यूरोका सदस्य रहे। उनको १७ जनवरी २०१० मा निधन भएको थियो  ।

गेगांग अपांग
गेगांग अपांग सन् १९८० देखि १९९९ सम्म अरुणाचल प्रदेशको मुख्यमन्त्री भए । उनि १९ बर्षसम्म यहां सत्ता सम्हाले । साथै उनि ४ अगस्ट २००३ देखि ९ अप्रिल २००७ सम्म पुन मुख्यमन्त्री भए । उनि कुल २३ बर्ष बर्षसम्म अरुणाचल प्रदेशको मुख्यमन्त्री पदमा रहे।   भारतमा ज्योति बसुपछि सबैभन्दा ज्यादा समयसम्म मुख्यमन्त्री बन्ने कांग्रेस नेता गेगांग अपांगले फ्रेब्रअरी २०१४ मा पार्टीबाट राजीनमा दिएर भाजपा प्रवेश गरे ।

मानिक सरकार
मानिक सरकार सन् १९९८ देखि २०१८ सम्म सत्ता मा रहे । उनि १९ बर्ष  त्रिपुराको मुख्यमन्त्री रहे।  उनि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का राजनेता तथा पार्टी पोलितब्यूरो सदस्य पनि हुन् । सन् २०१३ को विधानसभा चुनावपछि उनि लगातार चौथो पटकका लागि मुख्यमन्त्री बनेका थिए । उनि अहिले त्रिपुरा विधान सभामा प्रतिपक्षी दलको नेताको रुपमा रहेका छन् ।

नवीन पटनायक
बीजू जनता दलका संस्थापक नवीन पटनायक १९ बर्षदेखि ओडिशाको मुख्यमन्त्री पदमा छन् । उनका बुवा ओडिशाका पूर्व मुख्यमन्त्री बीजू  पटनायक हुन् ।  सन् १९९७ मा पटनायकले बुवाको निधन भएपछि राजनीतिमा कदम राखे र एक वर्षपछि आफ्नो बुवा बीजू पटनायकको नाममा बीजू जनता दलको स्थापना गरे ।  ओडिशामा आफ्नो लोकप्रियताको कारण पटनायक चार पटक मुख्यमन्त्री बन्न सफल भए । पटनायकको नाम ओडिशाको इतिहासमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बन्ने  इतिहास रहेको छ ।  

चन्द्रबाबू नायडू
आन्ध्र प्रदेशका १३ औँ मुख्यमन्त्री, चन्द्रबाबू नायडू १९९६ पछि राज्यको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री हुन् । चन्द्रबाबू नायडू तेलुगु देशम पार्टी (टीडीपी) का अध्यक्ष हुन् । जुन जो आन्ध्र प्रदेशको क्षेत्रीय पार्टी हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ