arrow

१२ बर्ष पुरानो रोल्स बेचेर अमिताभले किने मर्सिडिज

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
amitabh2.jpg

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले आफ्नो कारहरुको संग्रहमा एक नयाँ लग्जरी 'एमपीभि' कार थपेका छन् । अभिनेताले  मर्सिडिज बेन्ज भि क्लास किनेका हुन् । गाडिको मुल्य १ करोड ३१ लाख नेपाली रुपैयाँ रहेको छ ।  

 यसअघि १२ बर्ष पहिले उपाहरमा पाएको कार रोल्स रोयल फेन्टम उनले बेचेका थिए । सोसँगै उनले मर्सिडिज किनेका हुन् । रोल्स निर्माता विधु विनोद चोपडाले चलचित्र 'एकलव्य'मा शानदार अभिनयको लागि गिफ्ट दिएका थिए ।  सन् २००७ मा आएको चलचित्र एकलव्यको सुटिङका क्रममा उनलाई महङ्गो कार उपहार दिइएको थियो । सो समय कारको मुल्य साढे ३ करोड भारतीय रुपैयाँ थियो । विग बीले हालै सो कार भारत कै नाम चलेका व्यपारीलाई बेचेका हुन् ।    

अमिताभ बच्चन प्राय शहर बाहिर कार ड्राइभमा निस्कन्छन् । निजी जिवनमा उनले रोल्स रोयल फेन्टम निकै समय सम्म प्रयोग गरे । बक्स अफिसमा सामान्य कमाइ गरेको 'एकलव्य' ओस्करको लागि नोमिनेट भएको थियो । चलचित्रमा सैफ अली खान, शर्मिला टेगोर, विद्या बालन, जैकी श्रप मुख्य भुमिकामा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ