- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जब हामी कुनै शुभ कार्य गर्छौ तब पहिले सो स्थानलाई पवित्र गर्न गाईको गोबरले लिपिन्छ । हिन्दू धर्म ग्रन्थका अनुसार गाईमा ३३ करोड देवि -देवताहरुको वास हुन्छ । देवि -देवताहरुको पूजा गर्नुभन्दा पहिले सो स्थानलाई शुद्ध गर्न आवश्यक हुन्छ ।
शास्त्रका अनुसार गाईको मुख भएको भागलाई अशुद्ध र पछाडिको भागलाई शुद्ध मानिन्छ । गोबरलाई लक्ष्मीको निवास मानिएको छ । यसकारण कुनै पूजन वा हवन भन्दा पहिले गोवरले लोट्याउने गरिन्छ । गोबरले खतरनाक रोगहरुलाई पनि ठिक गर्छ ।
त्यसैले पहिले पहिले भोजन पकाउदा गोबरले लिपेर दाउरामा बनाइनथ्यो । गोबरको धुवाले आस-पासको वातावरण पनि शुद्ध राख्छ । यसको धुवाले घरको सकारात्मक ऊर्जामा वृद्धि हुन्छ । त्यसैले गोबरलाई पवित्र मानिन्छ ।