arrow

नेपाल पत्रकार महासंघ भारत शाखाको अधिवेशन सम्पन्न

लोकेश शाह 'आर्यन'को नेतृत्व

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
FNJ-India.jpg

नयाँ दिल्ली। नेपाल पत्रकार महासंघ भारत शाखाको  दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित  महासंघ कै  सभाहलमा सम्पन्न  अधिवेशनले सर्वसहमतीमा  लोकेश शाह 'आर्यन'को नेतृत्वमा ११  सदस्यीय कार्यसमिति  गठन गरेको हो  ।

कार्यकारी समिति चयनबाट अधिवेशनले समितिको  उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी(खुल्ला ), सचिव धन वीर पुन (समावेसी) , र कोषाध्यक्षमा धन बहादुर बिकलाई चयन गरेको छ।त्यसै सदस्यमा इन्द्रकमल जैरु, भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चयन भएका छन् भने प्रमुख सल्लाहाकारमा निवर्तमान महासचिव गोविन्द पोख्रेल र सल्लाहाकार सदस्यमा ऋषिराम अधिकारी रहेका छन्  ।

भारत स्थित  नेपाली राजदुतावासका प्रतिनिधि , भारतमा कार्यरत राजनैतिक, कुटनितिक तथा सामाजिक संस्थाहरु, बित्तिय संस्था, नेपाल वायुसेवा निगमका  प्रतिनिधिहरुको उपस्थितिमा महासंघ भारत शाखाले नयाँ कार्यसमिति पाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघ केन्द्रिय समितिका अध्यक्ष गोबिन्द आचार्यले  पत्रकारहरु आम नागरिक भन्दा माथि नभएको बताउदै आचारसंहिता पालना गर्नु पर्ने बताएका थिए । उनले आफ्नो मातृभूमिको कानुन पालना गरेझै भौगोलिक हिसावमा कार्यभूमिको पनि कानुन पालना गर्दै काम गर्नु पर्ने बताए । भारतबाट नै सुरु भएको  नेपाली पत्रकारिताले  भारतमै गोलवद्ध भएर काम गर्दै गर्दा यहाँका अवसर र चुनौती बारे प्रष्ट पर्दै नयाँ कार्यसमितिलाई बधाई एवंम् सुभकामना दिएका थिए  ।

घोषणा सभामा बोल्दै नेपाली राजदूतावासका प्रतिनिधि  होम प्रसाद लुँईटेलले राजदुत निलाम्बर आचार्यद्वारा प्रेषित सुभकामना सन्देश पढेर सुनाउदै शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ