arrow

'बाहुबली' का प्रभास भन्दा चर्चित छन् दक्षिणका यी अभिनेता

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
prabash-alla.jpg

काठमाडौं । दक्षिण भारतीय चलचित्र उद्योगमा पनि बलिउड जस्तै चर्चित र कमाइ गर्ने कलाकारहरु छन् । उद्योगमा नाम चलेका सुपरस्टार मध्ये एक हुन् अल्लू अर्जुन । उनको फ्यान फलोङ बलिउड स्टार्स बराबर रहेको छ ।

अल्लू अर्जुन  दक्षिण भारतीय चलचित्र उद्योगमा 'बाहुबली' का प्रभास भन्दा पनि चर्चित छन् । प्रभास पनि दक्षिण भारतीय चलचित्रमा एक प्रसिद्ध अभिनेता हुन् । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढि हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजसो केटीहरु छन् । बाहुबलीको सफलतापछि प्रभास आफ्नो आगामी फिल्म साहोका लागि काम गरिरहेका छन् ।

अल्लू अप्रिल ८ सन् १९८३ मा जन्मिएका अुन् । अल्लू अर्जुन आफ्नो ३६ औँ जन्मदिन मनाइरहेका छन् । अल्लू अर्जुन तेलुगु चलचित्रका ठुला सुपरस्टार मध्ये एक हुन् । अल्लूले आफ्नो अभिनय करियरको सुरुवात बालकलाकारको रुपमा चलचित्र 'ड्याडी' बाट गरेका थिए । उनि चलचित्र 'गंगोत्री' मा लीड रोल निभाएका थिए ।  सबैभन्दा ठुलो ब्रेक अल्लू अर्जुनलाई चलचित्र 'आर्या' बाट मिल्यो ।

सो चलचित्रले उनको करियरलाई कायापलट गर्‍यो । चलचित्रमा उनको जबरदस्त अभिनय थियो ।  चलचित्रको लागि उनलाई  चलचित्रफेयरको बेस्ट तेलुगु अभिनेताको अवार्ड पनि मिल्यो । यसपछि अल्लू अर्जुनको सफलता अझ चुलिदै गयो । उनले एकपछि अर्को कयौ ब्लकबस्टर चलचित्र दिए ।

इन्टरनेटमा रहेको रेकर्ड अनुसार अल्लू अर्जुन तेलुगु सिनेमाका ठुला स्टार हुन् र उनि एक चलचित्रको लागि करीब १६ देखि १८ करोड भारतीय रुपैयाँ लिन्छन् । साथै अल्लू अर्जुनको हैदरामा १०० करोड भन्दा माथिको बंगला रहेको छ ।

जुबली हिल्स स्थित आफ्नो घरलाई अल्लूले पपुलर इन्टीरियर डिजाइनर आमिर र हामिदासँग डेकोरेट गराएका छन् । अल्लू अर्जुन दक्षिण चलचित्र उद्योगका एकमात्र यस्ता सेलेब्रिटी हुन् जसको फेसबुकमा १ करोड भन्दा ज्यदा फलोअर छन् ।  

यस बाहेक अल्लू अर्जुनको नाम सबैभन्दा ज्यादा कमाई गर्ने सेलेब्रिटीजको फोर्ब्स सुचिमा पनि समावेश गरिएको छ । अल्लू अर्जुनको प्रसिद्धिलाई देखेर उनको चलचित्र मलयालममा डबिङ गरेर रिलीज गरिएको छ जसकारण उनि मलयालम सिनेमामा पनि चर्चित छन् ।

तेलुगु चलचित्रमा रोमान्टिक इमेज बनाउने अल्लू अर्जुनले ६ मार्च, २०११ मा हैदराबादमा स्नेहा रेड्डीसँग विवाह गरे। अल्लुलाई स्नेहासँग पहिलो नजरमै प्रेम भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ