- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएको छ ।
उक्त बसमा नेपालीहरु पनि सवार रहेको स्थानीय संचार माध्यमले जनाएका छन्। बसमा बिभिन्न देशका श्रमीकहरु रहेको बताईएको छ।
उक्त दुर्घट्नामा ५ नेपाली, ३ ईण्डोनेसियाली र २ बंगलादेशी सहित चालकको मृत्यु भएको मालाया मेलले जनाएको छ। बसमा ४३ जना सवार रहेको बताईएको छ।
उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो जिल्लाका प्रहरी अधिकारी जुलकिफ्ली अमामसाहले आइतबार भएको यस दुर्घटनामा परी कम्तीमा १० विदेशीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।
सो ढल करिब २० मिटर गहिरो थियो । बसका चालकको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ ।