बीस वर्षमुनिका चार सय किशोरी गर्भवति

दीपक बोहरा, प्रकाशित मिति : २०७५ चैत २५ सोमबार

लमही । तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् ।

यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए। “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन्”, उनले भने, “चालु आर्थिक वर्षको आठ महीनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएका छन् ।”साथै चालु आवमा २० वर्ष भन्दामुनिका १७ ले गर्भपतन गराएका छन् ।

त्यस्तै २० वर्षभन्दामुनिका ११ पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेका बताइएको छ । कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित् उमेर तोकेको छ । तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको यो तथ्याङ्कले देखाएको छ । तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।  

अस्पतालमा बच्चा जन्माउने बढे
महाशाखाको तथ्याङक अनुसार अस्पताल गएर गर्भवती हुनेको सङ्ख्या भने बढ्दै गएको पाइएको छ । उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २८९ जना महिला अस्पताल गएर गर्भवती भएका छन् । सोमा एक हजार ८२सामान्य, १४ को उल्टो बच्चा भएको, भ्याकुममार्फत ११, अप्रेसन गरेर ७७ र जन्मेकामध्ये आठको मृत्यु भएको छ । एकदमै कम तौल (१.५ केजी) भएका बच्चा पाँचजना जन्मिएका उनले बताए ।

त्यस्तै उनले १.५ केजी देखि २.५ केजी तौल भएका बच्चा ११९ र सामान्य तौल (२.५ केजिदेखि माथि ) भएका बच्चा एक हजार १६० जन्मिएका बताए । साथै उपमहानगरपालिका र अस्पतालले तुलसीपुरमा प्रोत्साहनस्वरुप रु पाँच हजार भत्तावितरण गरेको भए पनि अझै पनि नियमित जाँच गराउन नआउने गरको उनले जानकारी दिए ।

धेरै महिलाले स्तनपान नगराउने तथा उमेर नपुग्दै बच्चालाई खाना खुवाउने गरेको पाइएको समेत उनले बताए । बच्चालाई दुई वर्षमा २४ पटक तौल जाँच गर्नुपर्ने भए पनि अहिले पनि त्यसो नगरेको पाइएको उहाँको भनाइ छ । साथै उनले अहिले उपमहानगरका १९ वटै वडामा स्वास्थ्यको पहुँच भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको बताए ।

अन्धविश्वासको भर
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले अझै पनि वैज्ञानिक आधारबिनाको उपचार पद्दतिले जरो गाडिरहेको बताए । “अहिले पनि मुटुका बिरामीलाई परेवाको दिशा खुवाउने चलन कायमै छ”, उनले भने, “यस्तो उपचार पद्दतिले बिरामीलाई नोक्सान पुर्‍याउछ ।” अझै पनि थारु समुदायमा गुरुवाले सर्पले टोकेका बिरामीको उपचार गर्ने गरेको उनले बताए । केही थारु समुदायमा गरिएको सर्वेक्षणमा खानपिनमा ध्यान नदिने, शारीरिक ब्यायाममा ध्यान नदिने गरेको पाइएको डा दाहालले बताए । रासस

नयाँ